
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै धेरैले फेरि विद्युत कटौती (लोड सेडिङ) हुने आशंका गरिरहेका छन्। तर, पूर्व सूचना नै नदिई बिजुली गए अब सिधै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनको सचिवालयमा फोन गरी गुनासो राख्न सकिने भएको छ।
ऊर्जामन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले विद्युत सेवा नियमित नभएको अवस्थामा मन्त्री पुनको सचिवालय या नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न सकिने जानकारी दिएका छन्।
अब बिजुली गए मन्त्रीको सचिवालयमा रहेको हटलाइन नम्बर ११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिनेछ।