×

समाचार

मन्त्रिपरिषद बैठकका १५ निर्णयहरु (पूर्णपाठसहित)

मन्त्रिपरिषद बैठकका १५ निर्णयहरु (पूर्णपाठसहित)
काठमाडौं । मन्त्रिपरिषद्को पछिल्लो बैठकले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा राज्यमन्त्रीहरुको मासिक पारिश्रमिकको ५० प्रतिशत रकम जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पार्वत गुरुङले सोमवारको मन्त्रिपरिषद्ले मासिक पारिश्रमिकको ५० प्रतिशत रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै बैदेशिक रोजगारीमा गइ नेपाल फर्किएका...

खतिवडा, रेग्मी र विश्वकर्माको नाम राजदूतका लागि अनुमोदित

खतिवडा, रेग्मी र विश्वकर्माको नाम राजदूतका लागि अनुमोदित
काठमाडौं । संसदीय सुनुवाइ समितिले अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि सरकारले प्रस्ताव गरेको तीनै जना राजदूतको नाम अनुमोदन गरेको छ। सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री युवराज खतिवडा, बेलायतका लागि पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्माको नाम अनुमोदन गरेको हो।समिति सभापति लक्ष्मणलाल कर्णले तीनै जनाको नाम सर्वसम्मतले अनुमोदन भएको जानकारी दिए। समितिमा खतिवडा र रेग्मीविरूद्ध उजुरी परेको थियो। तर उजुरीकर्ताहरू समितिको सम्पर्कमा...

राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली

राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली
विराटनगर । राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली निकालेका छन् । राजावर्दी संगठनहरुले बिहीबार विराटनगरमा राजसंस्था फर्काउन माग गर्दै र्‍याली निकालेका हुन । विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो । दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकार र पार्टी आन्तरिक विवादमा फसेको बेला राजावार्दी संगठनहरुले राजसंस्था फर्काउन माग गर्दै प्रदर्शन गरेका हुन । नयाँ संविधान र गणतन्त्र धोका हो भन्दै राजावदीहरुले पुनस् राजसंस्था फर्काउन...

गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु
काठमाडौं । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका प्रवक्ता डा। विष्णु गौतमका अनुसार गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६८ वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार दिउँसो २ः१० बजे मृत्यु भएको हो । २० कात्तिकमा कारोना संक्रमण पुष्टि भएका उनी ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि त्यसको भोलिपल्ट अस्पतालमा भर्ना भएका थिए । उनी मधुमेहका बिरामी समेत थिए ।  

गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत

गोठाटारमा  ७ वर्षीया बालिका बलात्कृत
काठमाडौं । गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् ।घटनाबारे  जानकारी पाएलगत्तै महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको टोलीले धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको छ । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पीडितले जबरजस्ती करणी भएको भन्ने जानकारी दिनासाथ खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको छ । पीडितलाई मंगलबार नै थापाथलीस्थित प्रसुति गृहमा स्वास्थ्य परीक्षण गराइएको छ । यद्यपि, रिपोर्ट आइसकेको छैन । बालिकालाई फकाएर कोठामा बोलाएर करणी गरे...

भाइटीकाको लागि दुई दिन सार्वजनिक बिदा

भाइटीकाको लागि दुई दिन सार्वजनिक बिदा
काठमाडौं । यस बर्ष भाईटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंसिर २ गते भाईटीकाको दोस्रो दिन पनि सार्वजनिक बिदा हुने भएको हो। नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक बिदा दिइने भएको हो । यस बर्ष नेवार समुदायले मंसिर १ गते सोमबार नेपाल संवत् नयाँ वर्ष कै पहिलो दिन पारेर म्हपूजा र मंसिर २ गते मङ्गलबार भाइपूजा गर्दै छन्। नेवार समुदायका अभियन्ताहरुको माग अनुसार मन्त्रिपरिषदको निर्णयले उक्त दिन बिदा दिने निर्णय गरेको जनाईएको छ ।

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का
काठमाडौं । काठमाडौं नजिकै धादिङको छत्रेदेउराली आसपास केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो भूकम्प गएको छ । दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने सरकारको निर्णय

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने सरकारको निर्णय
काठमान्डौ । सरकारले  आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो । एक मन्त्रीका अनुसार अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने सरकारी अस्पतालमा निःशुल्क उपचार हुनेछ ।   सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःश...

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको संचालक सदस्यमा खड्का चयन

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको संचालक सदस्यमा खड्का चयन
चितवन । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघमा  चितवनका सहकारी अभियान्ता तेजेन्द्रबहादुर खड्का चयन हुनु भएको छ । काभ्रेको बनेपामा कात्तिक २१ र २२ गते भएको साधारणसभाले संचालक समितिमा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको तर्फबाट प्रतिनिधित्व गर्दै सहकारी अभियन्ता खड्का सर्वसम्मत रूपमा संचालक सदस्य पदमा निर्वाचित हुनु भएको हो । बागमती प्रदेशका १३ जिल्लाका जिल्ला संघ र प्रारम्भिक साकोसहरुको सहभागिता रहेको उक्त साधारण सभालाई पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघका निबर्तमान...