गुल्मीमा कोरोना संक्रमित ३ को मृत्यु
गुल्मी । गुल्मी जिल्ला पनि कोरोना संक्रमणको जोखिममा देखिएको छ । पछिल्लो ३ दिनमा ३ जनाले कोरोना सङ्क्रमणको कारण ज्यान गुमाएका छन् । गुल्मीको चन्द्रकोट, छत्रकोट र धुर्कोटका एक,एक जनाको कोरोना संक्रमणको कारण ज्यान गएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
आइतबार कोरोना संक्रमित धुर्कोट गाउँपालिका २ पिपलधाराका ४२ बर्षीय एक पुरुषको ज्यान गएको छ । उनी एक हप्ता अघि भारतबाट आएर भैरहवा क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल प्रर्सन गोपाल कार्कीले जानकारी द...


