धरहरा चढेपछि ओलीले भने–आइफल टावर चढेको स्मरण भयो
काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको टुप्पोमा पुग्दा आफूलाई फ्रान्सको आइफल टावर चढेको जस्तै स्मरण भएको बताएका छन् । शनिबार उद्घाटन भएपनि ओली धरहराको टुप्पोमा पुगेका थिए ।
धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा चढ्दाको अनुभव सुनाउँदै प्रधानमन्त्रीले भने, ‘मलाई अलीअली आइफल टावर चल्दाको स्मरण भयो । आइफल माथि पुग्दा उधुम हावा चल्छ । धरहरामा पनि मान्छे चढेपछि त्यहाँको चिसो हावाले बेग्लै किसिमको आनन्द दिनेगरी निर्माण भएको छ ।’
उनले धरहराको टुप्पोमा बेजोड ह...


