×

राजनीति

विप्लवसहितको ‘वाम गठबन्धन’ले आज सङ्घर्षको कार्यक्रम घोषणा गर्दै

विप्लवसहितको ‘वाम गठबन्धन’ले आज सङ्घर्षको कार्यक्रम घोषणा गर्दै
काठमाडौँ । विप्लव नेतृत्वको नेकपासहितका साना दलहरूको ‘वाम गठबन्धन’ ले बिहीबार सङ्घर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् । बिहीबार अपराह्न बस्ने बैठकले आगामी सङ्घर्षका कार्यक्रम र कार्यगत एकतालाई अरू व्यापक बनाउने निर्णय विज्ञप्तिमा जनाइएको छ ।यसअघि बुधबार बसेको बैठकले साना वामपन्थी दलहरूले कार्यगत एकतालाई थप व्यापक बनाउने गरेको थियो । गठबन्धन गर्ने वामपन्थी दलहरूमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, ऋषि कट्टेल नेतृत्वको न...

गठबन्धनमा मात्रै भर नपर्न कार्यकर्तालाई माधव नेपालको निर्देशन

गठबन्धनमा मात्रै भर नपर्न कार्यकर्तालाई माधव नेपालको निर्देशन
काठमाडौं। एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको शक्तिमा मात्रै आश्रित नहुन कार्यकर्तालाई निर्देशन दिएका छन्।स्थानीय तह निर्वाचनमा समाजवादीबाट निर्वाचित जनप्रतिनिधिलाई बुधबार राजधानीमा प्रशिक्षण दिँदै अध्यक्ष नेपालले गठबन्धनको शक्तिमा मात्रै निर्भर नहुन निर्देशन दिएका हुन्। आफ्नो भन्दा अरूको शक्तिमा भरपर्दा कमजोर भइने नेपालको भनाई छ। ‘गठबन्धनको धेरै भरोसा छैन। गठबन्धनको भर परेपछि अरूको सहारामा बाँच्नुपर्दोरहेछ,’ उनले भने, ‘अरूको भरमा बाँच्ने मान्छेले केही ग...

तनहुँमा थपिए ४८८४ नयाँ मतदाता

तनहुँमा थपिए ४८८४ नयाँ मतदाता
दमौली । आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी तनहुँमा एक महिनाको अवधिमा चार हजार ८८४ मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनपछि स्थगित भएको मतदाता नामावली सङ्कलन असार १ गतेदेखि पुनः सुचारु भएको थियो । एक महिनाको अवधिमा दुई हजार २९८ महिला र दुई हजार ४७८ पुरुष गरी चार हजार ७७६ तनहुँका नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै बाहिरी जिल्लाका एक सय आठ मतदाता पनि निर्वाचन कार्यालयमार्फत् थपिएका छन् । मतदाता नामावली दर्ताका लागि सर्वसा...

नेपाल प्रेस युनियनको अध्यक्षमा दिपक आचार्य बलियो

नेपाल प्रेस युनियनको अध्यक्षमा दिपक आचार्य बलियो
काठमाडौं । नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा पत्रकार दिपक आचार्यले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । उनले चितवनबाट उम्मेदवारी सार्वजनिक गरिसकेका छन् । आचार्यको गृहजिल्ला चितवन भएपनि उनि केन्द्रमा सक्रिय रहँदै आएका छन् । आठौं महाधिवेशनमा उनि बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । पत्रकारहरुको हकहीतमा अहिलेसम्म काम गर्दै आएकोले अब अध्यक्षको जिम्मेवारी सम्हाल्ने चाहना रहेको उनले बताउँदै आएका छन् । आचार्य युनियनका देशभर रहेका जिल्ला शाखामा महाधिवेशन गर्न सबैभन्दा सक्र...

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा पुष्पा भुसाल निर्वाचित
काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् ।शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा ९३ मत परेको थियो । एक जना भने तटस्थ बसेका थिए ।उपसभामुखमा भुसाल र नेकपा एमालेकी विद्या भट्टराई उम्मेदवार थिए । भुसाललाई उपसभामुखमा चयन गरियोस भन्ने प्रस्ताव पारित भएका कारण भट्टराईको प्रस्तावमा मतदान नै गर्नु परेन । २०७६ साल माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्बा...

आफुलाइ नजिस्क्याउन देउवाकाे चेतावनी, विधान संसाेधन गरेर सभापतिमा उठ्ने धम्की

आफुलाइ नजिस्क्याउन देउवाकाे चेतावनी, विधान संसाेधन गरेर सभापतिमा उठ्ने धम्की
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान संशोधन गरेर फेरि सभापति उठ्न सक्ने बताएका छन्।कांग्रेस विधानमा दुई कार्यकालभन्दा सभापति उठ्न मिल्दैन। देउवाको यो दोस्रो कार्यकाल हो।आज केन्द्रीय समिति बैठकमा देउवाले आफूलाई नजिस्क्याउन आग्रह गरेका थिए। केन्द्रीय सदस्य सञ्जय गौतमले गठबन्धन गरेर चुनाव जिते पनि पार्टी हार्ने अभिव्यक्ति दिएपछि देउवा रिसाएका थिए। ‘मलाई नजिस्क्याउनुस् यस्तै हो भने म विधान संशोधन गरेर फेरि सभापति उठ्छु,’ देउवाले भने, ‘गठबन्धन गर्ने हो। ए...

अखिल क्रान्तिकारीले भन्यो : चितवनका बोर्डिङ स्कुलमा शुल्क बढाउने प्रस्ताव मान्दैनौ

अखिल क्रान्तिकारीले भन्यो : चितवनका बोर्डिङ स्कुलमा शुल्क बढाउने प्रस्ताव मान्दैनौ
चितवन । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी चितवनले बोर्डिङ स्कुलहरुले शुल्क बढाउन राखेको प्रस्ताव स्वीकार्न नसक्ने जनाएको छ ।क्रान्तिकारीका चितवन जिल्ला संयोजक अविनाश रम्तेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा निजी शैक्षिक संस्थाहरुले स्थानीय तहमा ४० प्रतिशत शुल्क बढाउने प्रस्तावप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध गरिएको हो । विज्ञप्तिमा मूल्यवृद्धिको नामा विद्यार्थीको शैक्षिक गतिविधिमा असर पर्ने गरी शूल्क बढाउने कदम अखिल क्रान्तिकारीलाई कुनै पनि हालतमा मान्य ...

अर्थतन्त्र धरासायी बनेका बेला ‘फेजआउट’ हतियार किन्दै सरकार

अर्थतन्त्र धरासायी बनेका बेला ‘फेजआउट’ हतियार किन्दै सरकार
काठमाडौं । घट्दो विदेशी मुद्रा सञ्चितिका कारण अर्थतन्त्र धरासायी बनेर आयातमा कडाइ गरिरहेका बेला सरकारले नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले यो आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको छ । प्रहरी प्र...

बजेटमा रजाइँ : जेठाजुको नामको स्मृति प्रतिष्ठानलाई सांसद लामाद्वारा ५० लाख बजेट

बजेटमा रजाइँ : जेठाजुको नामको स्मृति प्रतिष्ठानलाई सांसद लामाद्वारा ५० लाख बजेट
गोरखा ।  डाडुपन्यू लिनेहरुले गण्डकी प्रदेशको बजेटमा रजाइँ गरेको विषय आलोचित भइरहेका बेला जसपाकी सांसद धनमाया लामाले पनि आफ्नो परिवारको सदस्यको नाममा ठूलो धनराशि छुट्याएको पाइएको छ। आर्थिक वर्ष २०७९-०८० का लागि विनियोजित बजेटमा आफ्ना साहिँला जेठाजु जनयुद्धका सहिद भीमसेन पोखरेलको नामको भीमसेन स्मृति प्रतिष्ठानलाई ५० लाख रुपैयाँ बिनियोजन गरेको पाइएको हो। उनले गोरखाको सिरानचोक गाउँपालिका ५ थुम्कामा युद्ध संग्रहालय स्थापना गर्ने शीर्षकमा एक करोड रुपैयाँ बजेट सिफारिस गरेकी थि...