×

गोरखा ।  डाडुपन्यू लिनेहरुले गण्डकी प्रदेशको बजेटमा रजाइँ गरेको विषय आलोचित भइरहेका बेला जसपाकी सांसद धनमाया लामाले पनि आफ्नो परिवारको सदस्यको नाममा ठूलो धनराशि छुट्याएको पाइएको छ।

आर्थिक वर्ष २०७९-०८० का लागि विनियोजित बजेटमा आफ्ना साहिँला जेठाजु जनयुद्धका सहिद भीमसेन पोखरेलको नामको भीमसेन स्मृति प्रतिष्ठानलाई ५० लाख रुपैयाँ बिनियोजन गरेको पाइएको हो।

उनले गोरखाको सिरानचोक गाउँपालिका ५ थुम्कामा युद्ध संग्रहालय स्थापना गर्ने शीर्षकमा एक करोड रुपैयाँ बजेट सिफारिस गरेकी थिइन्। प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेको हो। सो प्रतिष्ठानका लागि गत वर्ष पनि १५ लाख रुपैयाँ विनियोजन गरिएको थियो।

सांसद लामाले सो बजेटबाट राष्ट्रियस्तरको संग्रहालय बनाउने बताएकी छन्। ‘१० वर्षे माओवादी जनयुद्ध, मधेस आन्दोलन लगायतका युद्धहरुको विषयलाई समेटेर संग्रहालय निर्माण गर्ने हाम्रो लक्ष्य हो,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया