×

राजनीति

‘क्षमा सप्ताह’ लिएर जनतामाझ जान ओलीलाई घनश्यामको प्रस्ताव

‘क्षमा सप्ताह’ लिएर जनतामाझ जान ओलीलाई घनश्यामको प्रस्ताव
काठमाडौं। नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले जनतामाझ क्षमा सप्ताह लिएर जानुपर्ने प्रस्ताव अघि सारेका छन्।भुसालले लिखित प्रस्ताव पेश गर्दै आफ्ना गल्ती कमजोरी लिएर जनतामाझ जानुपर्ने बताएका हुन्। वाम आन्दोलन विभाजनबारे पार्टीले गरेका गल्तीबारे श्वेतपत्र जारी गर्नुपर्ने उनको प्रस्ताव छ।भुसालले मंगलबार बसेको एमालेको स्थायी कमिटी बैठकमा उक्त प्रस्ताव राखेका हुन्। ‘हाम्रा कुन गल्ती र कमजोरीले वाम आन्दोलन विभाजित भयो भन्नेबारे श्वेतपत्रसहित हामी जनताकोमा जाँ...

देउवालाई ओलीको चुनौती : यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने नबिर्सनुस्

देउवालाई ओलीको चुनौती : यो देशमा एमाले भन्ने पार्टी पनि छ भन्ने नबिर्सनुस्
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली हत्तपत्त बालुवाटार जाँदैनन् । बुधबार बिहान उनी उपाध्यक्षहरु सुवास नेम्बाङ र विष्णु पौडेलसहित प्रधानमन्त्रीको सरकारी निवासमा जाँदा प्रधानमन्त्री शेरबहादुर देउवा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित पर्खिरहेका थिए । ओलीले सुरुमै चारबुँदा राखे । चुनाव, टीआरसी, नागरिकता विधेयक र मूल्यवृद्धि । तर दोस्रो बुँदाबाट कुरा थाले ।सहभागी नेता विष्णु पौडेलले अनलाइनखबरसँग सुनाएअनुसार ओलीले भने, ‘यो देशमा एमाले भन्ने पार्टी...

आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँः माधवकुमार नेपाल

आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँः माधवकुमार नेपाल
काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर चुनावमा जाने तयारीमा छन् । माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया ...

पार्टीको नीति र विधिविपरीत जानेलाई कारवाही हुन्छः अध्यक्ष दाहाल

पार्टीको नीति र विधिविपरीत जानेलाई कारवाही हुन्छः अध्यक्ष दाहाल
काठमाडौँ ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नीति, विधि र सिद्धान्तविपरीत गएर निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने बताउनुभएको छ ।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराउन र अन्तर्घातमा संलग्नलाई कारवाही गर्ने उहाँको भनाइ छ । अन्तर्घात छानविनका लागि माओवादीले अनुशासन आयोगका अध्यक्ष टङ्क राईको नेतृत्वमा खिमलाल देवकोटा र मुक्ति प्रधान सदस्य रहेको छानविन समिति गठन गरेको थियो । सो छानविन समितिको प्रतिवे...

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन
काठमाडौं ।  नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल) को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् । राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रुपमा संघर्ष गर्न...

माओवादी महासचिवमा ७ नेताको दाबी

माओवादी महासचिवमा ७ नेताको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवमा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् ।पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा आफ्नो पनि दाबी रहेको बताएका हुन् । नेताद्वय वर्षमान र जनार्दनले आफूहरुको कारण पदाधिकारी नटुंगिएको भन्ने सन्देश गएको भन्दै छिटो टुंग्याउन आग्रह गरेका थिए । आफूहरुले ‘जसलाई बनाए पनि बनाउनुस्’ भनेको भन्दै उनीहरुले भनेका थिए...

अखिल चितवनको दुई दिने जिल्ला स्तरीय प्रशिक्षण माडीमा सुरु

अखिल चितवनको दुई दिने जिल्ला स्तरीय प्रशिक्षण माडीमा सुरु
चितवन ।  चितवनकाे माडीमा अनेरास्ववियु जिल्ला कमिटी चितवनको दुई दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।अनेरास्ववियुको संगठन सुदृढीकरण तथा शुद्धिकरण १ महिने अभियान अन्तरर्गत कार्यक्रम आयोजना गरिएको जिल्ला कमिटी चितवनका संयोजक अमितकुमार गुप्ताले बताए । कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष उमेश आचार्य, उपाध्यक्ष निशा अधिकारी, महासचिव समिक बडाल, एमाले चितवनका सचिव प्रकाश खनाल (सैलेश) , नेकपा एमाले चितवन विद्यार्थी फाँट प्रमुख केशव आचार्य, माडी न...

नागरिकता विधेयकलाई अब रोक्न सकिँदैन : गृहमन्त्री

नागरिकता विधेयकलाई अब रोक्न सकिँदैन : गृहमन्त्री
काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकलाई अब रोक्न नसकिने बताएका छन् । बिहीबार नागरिकता विधेयकमाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री खाँणले सहमति जुट्न सकेन भनेर पेन्डिङमा राख्न नसकिने बताए । ‘अब लम्ब्याउन सक्ने अवस्था छैन । सहमति जुट्न सकेन पेन्डिङमा राखौं भन्दा जे उठिराख्या छ त्यो कुरा रोकिदैन । जसलाई सम्बोधन गर्नुपर्ने हो त्यसलाई (नागरिकता)  दिन सकिँदैन’ मन्त्री खाँणले भने । नागरिकता विधेयक रोकिँदा नेपाली नागरिक आमाबाबुको सन्...

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी
काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।आगामी मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बसेको हो ।गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल गठन गरेको कार्यदलले खाका तयार पार्न नसकेपछि शीर्ष नेताहरू नै छलफलमा जुटेका हुन् । बैठकमा कार्यदलका नेताहरू पनि सहभागी भएका छन् । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले अहिलेसम्म भएको छलफलबारे शीर्ष नेताहरुलाई जानकारी गराउने छन् ।गत २० साउनमा बसेको पाँच ...