×

राजनीति

जिउँदै मान्छेलाई इट्टाभट्टामा हाल्ने आरोपी आलमलाई कांग्रेसले उम्मेदवार बनाउने

जिउँदै मान्छेलाई इट्टाभट्टामा हाल्ने आरोपी आलमलाई कांग्रेसले उम्मेदवार बनाउने
काठमाडौँ–जिउँदै मान्छेलाई इट्टाभट्टामा हालेर हत्या गरेको अभियोग लागेका मोहम्मद अफ्ताब आलमलाई नेपाली कांग्रेसले प्रतिनिधि सभाको उम्मेदवार बनाउने भएको छ । कयौँ सर्वसाधारणको हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका आलमलाई कांग्रेस रौतहटले संघीय संसदको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको हो। आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका आलामको नाम रौतहट क्षेत्र नम्बर २ को उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएको हो। आलम हाल विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभ...

नवलपुरमा क्षेत्र नं. १ मा काँग्रेसबाट प्रत्यक्ष तर्फ तीन जनाको आवेदन

नवलपुरमा क्षेत्र नं. १ मा काँग्रेसबाट प्रत्यक्ष तर्फ तीन जनाको आवेदन
नवलपुर । मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि नवलपुरमा काँग्रेस भित्र तरंग सुरु भएको छ । बिहिबार आज नवलपुर निर्वाचन क्षेत्र नं. १ का लागि उम्मेद्वार बन्न इच्छुकलाई क्षेत्रीय कार्यसमितिले आवेदन दिन आह्वान गरेको थियो । आवेदनका लागि भदौ १८ सम्मको मिति रहेको क्षेत्रीय सभापति अमृत भट्टचनले बताउनुभयो । क्षेत्रीय समितिका सचिव अमृत श्रेष्ठका अनुसार आज पहिलो दिन प्रत्यक्ष तर्फ काँग्रेस नेताहरु ओमकला गौतम, महेन्द्रभक्त अधिकारी र गणेश सापकोटाको उम्मेद्वारीका लागि आवेदन परेको छ...

परमादेशदेखि बालुवाटार प्रकरणसम्म-चोलेन्द्रले यसरी खोले सबैका पोल

परमादेशदेखि बालुवाटार प्रकरणसम्म-चोलेन्द्रले यसरी खोले सबैका पोल
काठमाडौं । आफूविरुद्धको महाअभियोग प्रस्तावको फेस गर्न संसदीय समितिमा उपस्थित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाअभियोग सिफारिस समितिले लिखित प्रश्न सोध्नुअघि सत्ता गठबन्धनदेखि सर्वोच्चका न्यायाधीश र बार पदाधिकारीमाथि समेत गम्भीर अभियोगहरु लगाएका छन् । राणाले समितिसमक्ष उपस्थित भएर रेकर्ड गराएको बयानका आधारमा कतिपय न्यायाधीशलाई महाअभियोग लगाउने आधारसमेत तयार भएका छन् भने सत्ता गठबन्धनले न्यायपालिकासँग सौदाबाजी गरेर परमादेशमार्फत केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाइएको ख...

गठबन्धन विदेशी सामु लम्पसार भयो, एमाले १५० सिट जित्छः ओली

गठबन्धन विदेशी सामु लम्पसार भयो, एमाले १५० सिट जित्छः ओली
धनगढी ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप लगाएका छन् । सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सरणमा पुगेका र प्रधानमन्त्री बनाइदेऊ भन्दै माओवादी अध्यक्ष प्रचण्ड पनि भारतसँग खुसुखुसु गर्न थालेका उनले बताए । ‘सत्तारुढ दल देशको लागि नभई व्यक्तिगत स्वार्थका लागि विदेशीको इसारामा पर्न थालेका छन्,’ बुधबार कञ्चनपुर पुगेका ओलीले भने, ‘जनताले त्यो सबै बुझिसकेका छन् । आ...

यी हुन् चितवन १ बाट चुनाव लड्न कांग्रेसमा निवेदन दिनेहरु !

यी हुन् चितवन १ बाट चुनाव लड्न कांग्रेसमा निवेदन दिनेहरु !
चितवन ।  राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार हुन चितवन क्षेत्र नम्बर १ मा आवेदन दिएका छन्।नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेको थियो।वाग्ले यूएनडिपीको एशिया प्रशान्त क्षेत्रको आर्थिक सल्लाहकार थिए। उनी हालै नेपाल आएका थिए। यस्तै कांग्रेसकाबाट चितवन १ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल...

यो पनि चोर रहेछ भन्न तपाईंहरूलाई मौका दिन्न : राजेन्द्र लिङ्देन

यो पनि चोर रहेछ भन्न तपाईंहरूलाई मौका दिन्न : राजेन्द्र लिङ्देन
काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफूहरूमाथि गरेको विश्वासलाई धोका नदिने बताएका छन्।काभ्रेको भकुण्डेवेशीमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले आफू सबै प्रकारका अग्नि परीक्षामा खरो ढंगले उत्रने बताए।मंसिर ४ मा हुने चुनावबाट ‘नेपाललाई तीन दशकदेखि बन्धक बनाइआएका दलहरू’लाई मुक्त गर्नुपर्ने लिङ्देनले बताए।दलहरूको सिण्डिकेट अन्त्य हुनुपर्ने उनको भनाइ थियो।उनले भ्रष्टाचार अन्त्य हुनुपर्ने पनि बताए। ‘एक रूपैयाँ भ्रष्टाचार गरेको कसैले ...

 बालेन्द्रलाई महेश बस्नेतको निम्तो– डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनु

 बालेन्द्रलाई महेश बस्नेतको निम्तो– डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनु
काठमाडौं ।  नेकपा एमालेका युवा नेता महेश बस्नेतले पछिल्ला दिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गर्दै आएको कार्यप्रति असन्तुष्टी जनाएका छन् । पछिल्ला दिन प्रमुख शाहले काठमाडौं महानगर भित्र अवैध तरिकाले निर्माण गरिएका संरचना भत्काउने कार्यलाई तिव्रता दिएका छन् । यस्ता कार्यमा उनी आफै उपस्थित भएर गर्ने गरेका छन् । यसैप्रति असन्तुष्टी जनाउँदै बस्नेतले शाहलाई सामाजिक सञ्जालमा तिखो प्रहार गरेका छन् । ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुसि ला...

मतपत्रमा पहिलो नम्बरमा एमालेको चुनाव चिह्न

मतपत्रमा पहिलो नम्बरमा एमालेको चुनाव चिह्न
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न पहिलो नम्बरमा रहने भएको छ ।निर्वाचन आयोगका अनुसार ८० दलले दल दर्ताका लागि निवेदन दिएका थिए । माओवादी केन्द्रसहित चार दलले एउटै चुनाव चिह्नबाट निर्वाचनमा लड्न निवेदन दिएकाले मतपत्रमा अधिकता ८७ दलको चिह्न मात्र रहने छ । आयोगले यसपटक उम्मेदवारी दिएका दलहरुको मात्र चिह्न राखेर मतपत्र छाप्ने भनेकाले जिल्लारनिर्वाचन क्षेत्रअनुसार मतपत्रमा चुनाव चिह्नको संख्या तलमाथि हुनेछ ।यसरी राखिने चुनाव चिह्नको रोलक्रम भने...

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ : बालेन

नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ : बालेन
काठमाडौं । काठमाडौंको अल्फाबिटा कम्लेक्समा डोजर चलाएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् । अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’ बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामना पनि गरेका छन् । ‘अब उपरान्त यस्तो गर्न नपरोस, सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनुहोला । नक...