×

राजनीति

सबैले अबको प्रधानमन्त्री तपाईं नै हो भन्छन्ः प्रचण्ड

सबैले अबको प्रधानमन्त्री तपाईं नै हो भन्छन्ः प्रचण्ड
काठमाडौ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको बताएका हुन् । ‘म प्रधानमन्त्रीको निम्ति भन्नेमा त छैन । तर, अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ र एकचोटी आर्थिक विकासबारे प्रचण्डको के रछ भन्ने स्थापित गर्नुपर्छ भन...

नवलपुर एकका स्वतन्त्र उम्मेदवार चित्रध्वज जि.सी घरदैलोमा व्यस्त (फोटो फिचर )

नवलपुर एकका स्वतन्त्र उम्मेदवार चित्रध्वज जि.सी घरदैलोमा व्यस्त (फोटो फिचर )
गैँडाकोट । नवलपुरको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता चित्र ध्वज जी.सी लाई बृद्धबृद्धाले आर्शीवाद दिएका छन् । आफ्नो चुनावी अभियानका क्रममा मतदाताको घरमदैलोमा पुगेका  स्वतन्त्र उम्मेदवार जी.सी लाई पाका उमेरका आमा बुवाले आर्शीवाद दिएका हुन् । बोलेर हैन गरेर देखाउँछु भन्ने दृढ संकल्प लिएर चुनावी मोर्चामा होमिएका जि.सीलाई चुनावमा सफलता मिलोस भन्दै बृद्धबृद्धाहरुले शुभकामना समेत दिएका छन् । ठुला ठुला झण्डा र भड्किलो प्रचार समाग...

देउवालाई ‘लाइभ डिबेट’मा आउन केपी ओलीको चुनौती

देउवालाई ‘लाइभ डिबेट’मा आउन केपी ओलीको चुनौती
काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ’लाइभ डीबेट’का लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई आह्वान गरेका छन् ।उनले सामाजिक सञ्जालमार्फत् आफू ’लाइभ डिबेट’ लागि तयार रहेको उल्लेखसमेत गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत् आफूलाई ‘लाइभ डिबेट’ आउन आग्रह गरेको बताए । पश्चिमा देशमा निर्वाचनका बेला गरिने ’लाइभ डीबेट’का लागि ओलीले आफू तयार रहेको बताए। ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ’लाइभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ ।धेरैजसोले मेरो र नेपाली कांग्रेसका सभापति ...

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो
कावासोती ।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि जिल्लाको माहोल तात्न थालेको हो । जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको छ । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्तागठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा नेपाली कां...

उम्मेदवारहरुको नामावली प्रकाशन आज, अन्तिम नामावली भोलि

उम्मेदवारहरुको नामावली प्रकाशन आज, अन्तिम नामावली भोलि
काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुँदैछ । आज बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । हिजो उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार उजुरी पुष्टि भए उम्मेदवारी स्वतः रद्द हुनेछ । आयोगमा...

गण्डकीका यी क्षेत्रमा हुनेछ हेभिवेटबीच रोचक चुनावी भिडन्त

गण्डकीका यी क्षेत्रमा हुनेछ हेभिवेटबीच रोचक चुनावी भिडन्त
पोखरा ।आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा गण्डकीमा केही हेभिवेट नेताले चुनाव लड्दै छन् । गण्डकीका १८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा शीर्ष पार्टीका पदाधिकारीसहित ठूला नेता चुनाव लड्दै छन् । आगामी निर्वाचनमा गण्डकीका सबैभन्दा हेभिवेट उम्मेदवार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनी गोरखा २ बाट चुनाव लड्दै छन् । चितवन ३ बाट प्रचण्ड सुरक्षित स्थान खोज्दै गोरखा २ आइपुगेका हुन् । यहाँ उनलाई जिताउन पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा...

उम्मेदवारी दर्ता गर्दै शशांक कोइरालाको घोषणा : अवकाे प्रधानमन्त्री म हुँ

उम्मेदवारी दर्ता गर्दै शशांक कोइरालाको घोषणा : अवकाे प्रधानमन्त्री म हुँ
नवलपुर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेका छन् ।नवलपुर १ मा चौथोपटक उम्मेदवारी दर्ता गर्दै नेता कोइरालाले आफू प्रधानमन्त्रीको लागि चुनाव लडेको बताए । कोइरालाले अब यो आफ्नो लागि अन्तिम चुनाव रहेको भन्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने बताए । पार्टीले निर्णय गर्ने विषय भए पनि आफू योपटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनेको बताए । कोइरालासँग एमालेबाट संविधानसभा सदस्य कृष्ण पौडेलले प्रतिस्प...

उम्मेदवारी दिदै विक्रम पाण्डेले भनेः विकासको लहर कसरी आउने रहेछ काम गरेर देखाउँछु

उम्मेदवारी दिदै विक्रम पाण्डेले भनेः विकासको लहर कसरी आउने रहेछ काम गरेर देखाउँछु
चितवन ।  पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । प्रस्तावकमा उमाकान्त पौडेल र समर्थकमा गणेश बराल रहनुभएको छ । २०७० सालमा पाण्डे तत्कालिन चितवन–५ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएको थियो । साविक ५ नम्बर क्षेत्र हाल चितवन–३ मा पर्छ । २०७४ को चुनावमा पाण्डेले ३८ हजार ९ सय ३५ मत ल्याउनुभएको थियो । एमाले र माओवादी केन्द्र एकता गर्ने गरी बनेको वामगठबन्धनसँग उहाँ पराजित हु...

चितवन-३ मा कांग्रेसका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने

चितवन-३ मा कांग्रेसका दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दिने
चितवन । चितवन-३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् ।सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ ।  दिनेशले आफूले स्वतन्त्र उम्मेदवारी दिने बताए । एमालेको समर्थनमा उम्मेदवारी दिएको हो भन्ने प्रश्नमा उनले भने, ‘मैले उम्मेदवारी दर्ता गर्ने भएँ, उम्मेदवारी दर्ता गरौं अरु कुरा पछि हुन्छ ।’ कोइरालालाई नेपाली कांग्रेसले यस क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो ।