गैँडाकोट । नवलपुरको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका युवा नेता चित्र ध्वज जी.सी लाई बृद्धबृद्धाले आर्शीवाद दिएका छन् । आफ्नो चुनावी अभियानका क्रममा मतदाताको घरमदैलोमा पुगेका  स्वतन्त्र उम्मेदवार जी.सी लाई पाका उमेरका आमा बुवाले आर्शीवाद दिएका हुन् ।

बोलेर हैन गरेर देखाउँछु भन्ने दृढ संकल्प लिएर चुनावी मोर्चामा होमिएका जि.सीलाई चुनावमा सफलता मिलोस भन्दै बृद्धबृद्धाहरुले शुभकामना समेत दिएका छन् । ठुला ठुला झण्डा र भड्किलो प्रचार समाग्री सहित चुनाव प्रचारमा हिडेका राजनैतिक दल र नेताहरु भन्दा फरक शैलीमा घरदैलोमा निस्केका जि.सीले बृद्धबृद्धाहरुको आर्शीवादले आफु उत्साहित भएको बताए ।

लामो समय नेपाली काँग्रेसको राजनिति गरेका युवा नेता जि.सी ले पुस्ता हस्तान्तरणको माग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् नवलपुर निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका जि.सी को चुनाव चिन्ह क्रस खुकुरी हो ।

 

तपाईको प्रतिक्रिया