×

राजनीति

रवि लामिछानेले चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दिने

रवि लामिछानेले चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दिने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य उठ्ने भएका छन् । उनका सहयोगी दीपक बोहाराका अनुसार लामिछाने चितवन २ बाट उठ्ने निर्णय भएको हो । उनी उम्मेदवारी मनोनयनका लागि चितवन आएका छन् । चितवन क्षेत्र नं। ३ बाट उठ्ने चर्चा रहे पनि लामिछानेले २ बाट उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले चितवन १ बाट हरि ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता आज
काठमाडौं । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुँदै छ । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।देशभरका मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाइएको छ । उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा आफैँ उपस्थित हुन नसके प्रतिनिधि वा वारेस मार्फत पनि उम्मेदवारी दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले बताए ...

बाथरुममा लडेर एमाले नेता बालकृष्ण ढुंगेलको निधन

बाथरुममा लडेर एमाले नेता बालकृष्ण ढुंगेलको निधन
काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा उनी मृत भेटिएका हुन् । नेकपा एमालेका नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै थिए । अहिले ढुंगेलको घरमा प्रहरी पुगेको छ । यसअघि नेकपा मा‌ओवादीमा रहेका ओखलढुंगाका ढुंगेल पहिलो संविधानसभाका सदस्यसमेत थिए । सशस्त्र द्वन्द्वका क्रममा भएको उज्जन श्रेष्ठको हत्या आरोपमा ज्यान मुद्दा...

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति भण्डारी शिक्षण अस्पतालमा भर्ना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘ रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।अस्पताल उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।

एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार (नामावलीसहित)

एकीकृत समाजवादीले टुंगो लगायो उम्मेदवार (नामावलीसहित)
काठमाडौं । सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँटसँगै नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुको पनि टुंगो लागेको छ । निवर्तमान सांसद र पार्टीका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्र हेरेरै एकीकृत समाजवादीले गठबन्धनबाट सिट संख्या लिएको थियो । पार्टी प्रवक्ता जगनाथ खतिवडाले सिट बाँडफाँटसँगै उम्मेदवार पनि टुंगो लागेको बताए । ‘अहिले जसले टिकट पाउनेगरी सिट संख्या बाँडिएको छ, त्यो अब चलाइँदैन’, खतिवडाले भने । एकीकृत समाजवादीले पाएको भागबण्डाबाट झलनाथ खनाल इलाम–१, माधवकुमार नेपाल रौतहट...

कांग्रेसले १० निर्वाचन क्षेत्रमा लगायो टिकटको टुंगो

कांग्रेसले १० निर्वाचन क्षेत्रमा लगायो टिकटको टुंगो
काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार छान्न थालेको छ। कांग्रेसले अहिलेसम्म संघीय संसद र प्रदेशसभाको प्रत्यक्षतर्फ १० ठाउँमा टिकटको टुंगो लगाएको छ।गएराति बसेको संसदीय बोर्डको बैठकले केही ठाउँमा प्रत्यक्ष उम्मेदवारलाई टिकटको टुंगो लगाएको एक नेताले बताए। उक्त बैठकले डडेल्धुरामा शेरबहादुर देउवा, दार्चुलामा दिलेन्द्रप्रसाद बडु, बाजुरामा बद्रीप्रसाद पाण्डे, अछाम-२ मा पुष्प शाह, मुगुमा ऐनबहादुर शाही, मनाङमा टेकप्रसाद गुरूङ र तेह...

टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा

टिकट नपाउने बुझेपछि स्वतन्त्र उम्मेदवार बन्ने एमाले नेतृ गंगा थारुको घोषणा
काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद गंगा चौधरी सतगौंवाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन् । एमालेबाट दाङ १ को उम्मेदवार बन्न खोजेकी चौधरीले शुक्रबार फेसबुकबाट आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको बताएकी हुन् । सो क्षेत्रबाट एमालेले पोलिटव्युरो सदस्य तथा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई उम्मेदवार बनाउने थाहा पाएपछि गंगाले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् । चौधरीले भनेकी छन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक मलाई थाहा छैन । राष्ट्र ...

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित

सत्ता गठबन्धनको बैठकमा जसपा अनुपस्थित
काठमाडौं । सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा)  अनुपस्थित भएको छ । सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए । जसपा गठबन्धन छाडेर नेकपा एमालेतिर नजिकिएको छ । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ । एक नेताका अनुसार २२ सिटमा एमाले र जसपाबीच सहमति भएको छ । सिट बाँडफाँटको विषयमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठक बीचमै छाडेर जसपा अध्यक्ष उपेन्द्र या...

शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने

शेखर कोइराला पक्षले बोलायो भेला, उम्मेदवार बन्न चाहनेको नाम संकलन गरिने
काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर पक्षले आज छुट्टै भेला गर्दैछ ।संस्थापनइतर पक्षको डाक्टर शेखर कोइराला पक्षले आज दिउँसो २ बजे बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला बोलाएको हो । आजको भेलामा यसअघि गरिएका खबरदारी अभियानको समीक्षा गरिने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनका अनुसार बैठकमा खबरदारीपछि सच्याएर बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूचीबारे समीक्षा हुनेछ । यसका साथै प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक र सक्षम आफ्नो समूहका व्यक्तिको नाम संकलन गरिने र उनी...