×

राजनीति

स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियुलाई ओलीको निर्देशन

स्ववियू निर्वाचनको तयारीमा जुट्न अनेरास्ववियुलाई ओलीको निर्देशन
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्ववियू निर्वाचनको तयारीमा जुट्न पाटी निकट विद्यार्थी संगठन अनेरास्ववियुलाई निर्देशन दिएका छन् ।अनेरास्ववियुको नवनिर्वाचित केन्द्रिय कमिटीलाई शुक्रबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सपथग्रहण गराउने क्रममा उहाँले तत्काल स्ववियू निर्वाचनको तयारीमा जुटनुपर्ने अवस्था रहेको बताएका हुन् । स्ववियू निर्वाचन आगामी चैत्र ५ गते हुँदैछ । सो निर्वाचनका लागि आजैबाट अनेरास्ववियूले काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो । उनले स्वव...

‘जनयुद्ध दिवसमा सार्वजनिक विदा अख्तियारको दुरुपयोग हो’- सूर्य थापा

‘जनयुद्ध दिवसमा सार्वजनिक विदा अख्तियारको दुरुपयोग हो’- सूर्य थापा
काठमाडौं । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले जनयुद्ध दिवसमा सरकारले सार्वजनिक विदा दिनु एक किसिमले अख्तियारको दुरुपयोग भएको बताएका छन् । सामाजिक सञ्जालमा सोमबार स्टाटस लेख्दै उनले त्यस्तो बताएका हुन् । सांसद थापाले लेखेका छन्, “२०५२ फागुन १ गते थालिएको हिंसा जनयुद्ध थिएन, सशस्त्र संघर्ष थियो । जनयुद्ध वा क्रान्ति हुँदो हो त त्यसलाई बीचमै स्थगित गरी अलपत्र पारिने थिएन ।” सशस्त्र संघर्षमा परी बलिदान दिनेप्रति उनले सम्मान प्रकट गरेका छन् । ...

राष्ट्रपतिले आज संसद्को बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपतिले आज संसद्को बैठकलाई सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी छन् । शुक्रबार अपराह्न ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् ।नेपालको संविधानको धारा ९५ बमोजिम तीन बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछिन् । राष्ट्रपतिले गरेको सम्बोधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा र राष्ट्रियसभामा छुट्टाछुट्टै टेबल गर्नेछन्। त्यसपछि दुवै सदनले धन्यवादको प्रस्ताव पा...

ओलीलाई भेट्न बालकोटमा प्रधानमन्त्री प्रचण्ड

ओलीलाई भेट्न बालकोटमा प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।ओली निवासमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच आज बिहान समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे कुराकानी भएको छ। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता र कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।मन्त्रिपरिषदलाई पूर्णता दिने, राष्ट्रपति निर्वाचनलगायत विषयमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ। रवि लामिछाने नेतृत्वको राष्ट...

गृहमन्त्रीका लागि २ दिन पर्खिने रास्वपाको निर्णय 

गृहमन्त्रीका लागि २ दिन पर्खिने रास्वपाको निर्णय 
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो । पार्टी कार्यालय बसुन्धरामा बसेको बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए ।

सरकार संकटमा पर्छ जस्तो लाग्दैन : ओली

सरकार संकटमा पर्छ जस्तो लाग्दैन  : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।राष्ट्रपति निर्वाचन र गृहमन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ओलीले यही कारण सरकार संकटमा नपर्ने बताएका हुन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुको जिज्ञासामा उनले भने, ‘तपाईंहरुले भनेजस्तो सरकार संकटमा पर्छ जस्तो लाग्दैन ।’ आफूहरुको शासन प्रणालीमै अस्थिरता रहेको उनले बताए । त्यसैकारण प्रजातन्त्र प्राप्तिपछिका सरकार पूर्ण कार्यकाल नचलेको उन...

फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ : प्रधानमन्त्री

फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’ रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली ना...

आज शहीद दिवस मनाइँदै

आज शहीद दिवस मनाइँदै
काठमाडौँ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने औपचारिक कार्यक्रममा जिम्मेवार अधिकारीहरूबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता भने निरन्तर आउने गरेको छ । यही माघ १० देखि १६ गतेसम...

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको धम्की

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको धम्की
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ले गृह मन्त्रालय नछाड्ने बताएको छ । रवि लामिछानेले पद गुमाए पनि गृह मन्त्रालय आफूहरुको भागमा परेको हुँदा दाबी कायमै रहने रास्वपा प्रवक्ता मुकुल ढकालले बताउनु भयो । रास्वपाले भागवण्डामा गृहमन्त्रालय पाएको बताउँदै प्रवक्ता ढकालले भन्नुभयो , ‘त्यो मन्त्रालय हाम्रो पार्टीले पाएको हो । त्यसकारण हाम्रो गृहमन्त्रालयमा दाबी रहन्छ ।’ अहिलेसम्म गृह मन्त्रीमा रास्वपाले कसलाई पठाउने भनेर तय गरिसकेको छैन । सर्वोच्च अदालतले १३ माघमा नागरिकता विवा...