×

राजनीति

सभामुख घिमिरे आज बहराइन जाँदै

सभामुख घिमिरे आज बहराइन जाँदै
काठमाडौं।सभामुख देवराज घिमिरेले आज बहराइन जाने भएका छन् ।फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर-व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका हुन।सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हो नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । उनका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ । सभामुखको प्रतिनिधिमण्डलम...

राष्ट्रपति चयनका लागि मतदान सकियो, ४ बजेदेखि मतगणना

राष्ट्रपति चयनका लागि मतदान सकियो, ४ बजेदेखि मतगणना
काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । चुनावको मतगणना ४ बजेपछि हुने भएको छ ।राष्ट्रपति उमेदवारका प्रतिनिधिहरुसँग निर्वाचन आयोगले गरेको मतगणना सम्बन्धि बैठकमा दिउँसो ४ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको हो । बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय पनि गरेको छ ।सम्बन्धित उम्मेद्बारको नाम लेखिएको कोठामा स्वस्तिक छाप लगाउनु पर्ने र त्यस बाहेकको मत संकेत प्रयोग भएकोमा बदर हुने निर्णय बैठकमा भएको छ । संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना ह...

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्न राप्रपाभित्र चर्काे दबाव

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्न राप्रपाभित्र चर्काे दबाव
काठमाडौं । राष्ट्रपति निर्वाचनबारे धारणा बनाउन राप्रपाको कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।पार्टी कार्यालय, धुम्बाराहीमा बसिरहेको बैठकमा बोल्ने अधिकांशले तटस्थ बस्नुपर्नेमा जोड दिएका छन् ।पार्टीले संवैधानिक राजसंस्थाको मुद्दा उठाएकाले राष्ट्रपति निर्वाचनमा भाग लिन नहुने उनीहरुको तर्क छ । एक नेताका अनुसार अध्यक्षसहित केही नेताले बोल्न बाँकी छ । ‘धेरैले तटस्थ बस्नुपर्ने राय दिनु भएको छ, ती नेता भन्छन्, ‘केहीबेरमा पार्टीले औपचारिक निर्णय गर्ला ।’ राष्ट्रपति निर्वाचन भोलि ...

माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा

माओवादी धारका नेताहरुको बैठक बालुवाटारमा
काठमाडौं । माओवादी धारका नेताहरुको संयुक्त बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेसपा अध्यक्ष डा। बाबुराम भट्टराई, नेकपा माओवादीका खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका अध्यक्ष विश्वभक्त दुलाल  नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी लगायत सहभागी छन् । प्रधानमन्त्री प्रचण्डविरु...

कांग्रेस सभापति देउवा र राष्ट्रपतिका उम्मेदवार नेम्वाङबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र राष्ट्रपतिका उम्मेदवार नेम्वाङबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।२५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको सम्मुखमा नेकपा एमालेका संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले कांग्रेस सभापति देउवा र देउवा पत्नी आरजु राणासँग भेटवार्ता गरेका हुन् । श्रोतका अनुसार भेटमा नेम्वाङले राष्ट्रपतिका लागि आफू उम्मेदवार रहेको बताए । जवाफमा देउवाले ‘तपाईं राम्रो उम्मेदवार भएको’ भन्दै राष्ट्रपतिमा आफ्नै उम्मेदवार रहेको स्मरण गराए । कांग्रेसबाट रा...

देशभरका एमाले सांसद काठमाडौंमा, नेम्वाङलाई राष्ट्रपति जिताउन पार्टीको प्रशिक्षण

देशभरका एमाले सांसद काठमाडौंमा, नेम्वाङलाई राष्ट्रपति जिताउन पार्टीको प्रशिक्षण
काठमाडौं । तीन दिनपछिको राष्ट्रपतिको निर्वाचनको लागि नेकपा एमालेले सांसदहरूलाई प्रशिक्षण सुरू गरेको छ । प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरू काठमाडौंमा भेला भएका छन् । प्रशिक्षण कार्यक्रममा अध्यक्ष ओलीसहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी छन् । एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । नेम्वाङसँग नौ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका वरिष्ठ नेता...

प्रदेश १ को नाम कोसी राख्न एमालेले दर्ता गरायो प्रस्ताव

प्रदेश १ को नाम कोसी राख्न एमालेले दर्ता गरायो प्रस्ताव
विराटनगर । नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ ।बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावको प्रस्तावकमा भूमिप्रसाद राजवंशी, निरन राईलगायत रहेका छन् । प्रदेशसभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न बुधबार दिउँसो १ बजेसम्मको समय दिएको छ । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयार...

न्यायाधीश मल्ल र चुडालको इजलासले आज सन्दीप लामिछानेसम्बन्धी निवेदनमा मात्र सुनुवाइ गर्ने

न्यायाधीश मल्ल र चुडालको इजलासले आज सन्दीप लामिछानेसम्बन्धी निवेदनमा मात्र सुनुवाइ गर्ने
काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी दुई वटा निवेदनको सुनुवाइ आज पनि हुने भएको छ।सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आज ती निवेदनमा मात्र सुनुवाइ सर्वोच्च अदालतले जनाएको छ। दुई न्यायाधीशको इजलासले आइतबार पनि यी निवेदनमाथि सुनुवाइ गरेको थियो। बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।आइतबार लामिछानेका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्ण सापकोटा, मुरारी सापकोटाले बहस गरेका थिए। महान्यायाधिवक्त...

अरुण चौधरी आज कैलाली कारागारबाट रिहा हुँदै

अरुण चौधरी आज कैलाली कारागारबाट रिहा हुँदै
कैलाली । कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित अरुण चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन् ।नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन् । सोही सूचीमा कैलाली कारागारमा रहेका चौधरीलगायत चारजनाको नाम समावेश रहेको कारागार स्रोतले जानकारी दिएको छ । १० बजेपछि जिल्ला प्रशासन कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरेर उनीहरूलाई रिहा गर्ने तयारी ...