विराटनगर । नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ ।बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावको प्रस्तावकमा भूमिप्रसाद राजवंशी, निरन राईलगायत रहेका छन् ।

प्रदेशसभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न बुधबार दिउँसो १ बजेसम्मको समय दिएको छ । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेपनि दलको बैठकबाट कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।नेपाली काङ्ग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम कोसी राख्ने सहमति गरेका थिए ।

तपाईको प्रतिक्रिया