×

राजनीति

मिडियाले दोषी बनाएर हुँदैन, खाँणजी पैसामा विक्ने खालको मान्छे होइन : देउवा

मिडियाले दोषी बनाएर हुँदैन, खाँणजी पैसामा विक्ने खालको मान्छे होइन : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वगृहमन्त्री बालकृष्ण खाँण पैसामा बिक्ने व्यक्ति नभएको बताएका छन् ।मंगलबार आफूलाई भेट्न आएका कांग्रेसका नेता कार्यकर्ताको एक टोलीलाई सभापति देउवाले खाँणको विषयमा चिन्ता नगर्न सुझाव दिएका छन् । ‘तपाईहरु धेरै चिन्ता नगर्नुस् । मिडियाले दोषी बनाएर हुँदैन । पुलिसले मात्रै दोषी बनाएर पनि हुँदैन,’ देउवा निवासबाट फर्केका एक नेताले उनको भनाइ उधृत गर्दै भने, ‘विना प्रमाण दोषी बनाउन कहाँ पाइन्छ र?’ नेपालीलाई भुटानी शरणार्थी...

रविविरुद्धको दरपिठ भएको रिट दर्ता गर्न न्यायाधीश श्रेष्ठ इजलासको आदेश

रविविरुद्धको दरपिठ भएको रिट दर्ता गर्न न्यायाधीश श्रेष्ठ इजलासको आदेश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश भएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।उक्त रिट गएको वैशाख २५ गते सर्वोच्च अदालतमा लगिएको थियो । वैशाख २८ मा सर्वोच्च प्रशासनले रिट दरपिठ गरेको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरेको रिट पुनः दर्ताका लागि युवराज पौडेल ुसफलुले यही जेठ २ मा निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्रेष्ठको एकल ...

एमाले अध्यक्ष ओली आज संसदमा बोल्ने

एमाले अध्यक्ष ओली आज संसदमा बोल्ने
काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आइतबारको प्रतनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्।सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको ओलीको सचिवालयले जानकारी दिएको हो।‘उहाँले नीति कार्यक्रममाथि बोल्न लाग्नु भएको हो,’ ओलीका सञ्चार सहयोगी रामशरण बजगाईंले भने, ‘समसामयिक विषयमा पनि उहाँले पार्टीको धारणा राख्नुहुनेछ।’ नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिट...

भारत भ्रमणमा राष्ट्रहित, राष्ट्रिय एकता र स्वाधिनतामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री दाहाल

भारत भ्रमणमा राष्ट्रहित, राष्ट्रिय एकता र स्वाधिनतामा कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निकट समयमा हुने आफ्नो भारत भ्रमणमा नेपालको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता नहुने बताएका छन् ।बिहीवार प्रतिनिधि सभा बैठकमा प्रतिनिधिसभा सदस्य रघुजी पन्तले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा देशको राष्ट्रिय हित, राष्ट्रिय एकता, अखण्डता र स्वाधिनतामा कुनै किसिमको सम्झौता हुन नदिने बताएका हुन् । उनले भने, ‘म के विश्वास दिलाउन चाहान्छु भने नेपालको राष्ट्रिय हित,...

पार्टीमा आबद्ध भ्रष्टाचारीलाई निकालेर फाल्ने हो : गगन थापा

पार्टीमा आबद्ध भ्रष्टाचारीलाई निकालेर फाल्ने हो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा आबद्ध कोहीमाथि भ्रष्टाचारलगायत केही आरोप लागेमा निलम्बन गर्ने र प्रमाणित भएमा जेल पठाइने बताएका छन्।नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन्। खाणलाई कांग्रेसले निलम्बन गरिसकेको छैन। पार्टीका बैठकमा आरोप मात्रै लागेकालाई निलम्बन गर्ने परम्परा थिएन भन्दै सभापति शेरबहादुर देउवा र उनीनिकट केही नेताले निलम्बन गर्न मानिरहेका छैनन्।तर उपसभ...

टोपबहादुरलाई म्याद थपका लागि आज अदालत लगिँदै

टोपबहादुरलाई म्याद थपका लागि आज अदालत लगिँदै
काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पछिल्ला भिआइपी पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई आज म्याद थपका लागि जिल्ला अदालत लगिने भएको छ । आइतबार साँझ बुढानीलकण्ठ नगरपालिकाको पासिकोट भन्ने स्थानबाट पक्राउ परेका रायमाझीलाई आइतबार नै काठमाडौँ परिसर लगिएको थियो । प्रहरीले आज उनको स्वास्थ्य परीक्षण गरेर म्याद थपका लागि जिल्ला अदालत लैजानुभन्दा अगाडि केही समय बयान लिने तयारी गरिरहेको छ । गत २० गते पक्राउ पुर्जी जारी भएता पनि उनी फरार रहेकै अवस्थामा आइतब...

बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघ सडकमा 

बालकृष्ण खाँणलाई निलम्बन गर्न माग गर्दै नेविसंघ सडकमा 
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो । नाता र नेता नहेरी भ्रष्टाचारीलाई कठघरामा उभ्याउन माग गरेका उनीहरुले नेविसंघको झण्डासहित प्रतिकात्मक रुपमा कागजको हत्कडी र कैदीबन्दीले लगाउने पोशाक समेत...

एमालेको १६ बुँदे प्रस्ताव : लडाकु शिविर घोटाला छानबिन गर्न माग

एमालेको १६ बुँदे प्रस्ताव : लडाकु शिविर घोटाला छानबिन गर्न माग
काठमाडौं । नेकपा एमालेले लडाकु शिविर घोटाला काण्डको छानबिन गर्न सरकारसँग माग गरेको छ । २८ वैशाखमा सुरु भएर शनिबार समापन भएको केन्द्रीय कमिटी बैठकले १६ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । जसको पाँचौं बुँदामा लडाकु शिविर घोटाला लगायत चर्चामा रहेका सबै काण्डको निष्पक्ष छानबिन अघि बढाउन माग गरिएको छ । एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक पूर्वाग्रह र दबावविना निष्पक्ष रुपमा छानबिन गरी दोषीमाथि हदैसम्मको सजाय माग गरेको छ । यो प्रकरणमा एमालेले सचिव टोपबहादुर रायम...

एमालेको स्थायी कमिटी बैठक बस्दै

एमालेको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ।पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ८ बजे बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएको छ।स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकबाट प्राप्त सुझावका आधारमा वार्षिक कार्ययोजना तय गर्नेछ। स्थायी कमिटीले तयार गरेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिने छ। त्यसपछि अध्यक्षको राजनीतिक प्रतिवेदन र समसामयिक प्रस्ताव पारित गरेपछि केन्द्रीय कमिटीको बैठक आज सकिने छ।