×

राजनीति

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि ललितपुरमा सुरु हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजेबाट बैठक सुरु हुने छ । तीन दिनसम्म चल्ने बैठकमा १० वटा कार्यसूचीमा छलफल गरी निर्णय गर्ने तय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवम् केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरुको प्रतिवेदन, मिसन ग्रासरुट अभियानको प्रतिवेदन, प्रदेशहरुको कार्ययोजन...

कांग्रेसको बुद्धि पलायो भने सहकार्य हुन्छ : महेश बस्नेत

कांग्रेसको बुद्धि पलायो भने सहकार्य हुन्छ : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेतले कांग्रेसको बुद्धि पलाए राजनीतिक रूपमा सहकार्य हुने टिप्पणी गरेका छन्।कास्कीमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा राजनीतिक स्थायीत्व र अहिले देखिएको नैराश्यता चिर्न कांग्रेस–एमालेबीच सहकार्य आवश्यक रहेको तर्क गरेका हुन्। कांग्रेस–एमालेबीचको सहकार्यकै कारण २०४६ सालको परिवर्तन, संविधान सभाबाट संविधान निर्माण आदि सम्भव भएकाले अहिलेको लोकरिझ्याइँ र सार्वजनिक खपतका लागि राजनीतिक गर्ने चिन्तनलाई कम गर्न दुई पार्...

एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो : प्रधानमन्त्री

एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन्। २५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धले गरेको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको उनले उल्लेख गरेका छन्। ‘नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रद...

कँडेल मृत्यु प्रकरणः आज जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै कांग्रेस

कँडेल मृत्यु प्रकरणः आज जिल्ला प्रहरी कार्यालय घेराउ गर्दै कांग्रेस
चितवन–चितवनका पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका नेता शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न चितवन कांग्रेसले आग्रह गरेको छ । आत्महत्या दुरुत्साहनमा संलग्नविरुद्ध किटानी जाहेरी दिइसक्दा पनि प्रहरीले आरोपितलाई पक्राउ गर्न नसकेको कांग्रेसको गुनासो छ । मंगलबार साँझ आफ्नै अफिसमा झुण्डिएको अवस्थामा फेला परेका कँडेलको साथबाट प्रहरीले आठ पेज लामो सुसाइड नोट फेला पारेको थियो । एक जना आरोपित जिल्ला भित्रै हुँदा पनि प्रहरीले पक्र...

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप विरूद्ध पक्राउ पुर्जी जारी भएको छ । यसबारे अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको हो । सन्दीपले एक करोडको चेक लिएको पाइएको स्रोतले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे जिल्ला प्रहरी परिसर...

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ, उपेन्द्र यादव अनुपस्थित

रवि लामिछाने र स्वर्णिम वाग्लेले लिए शपथ, उपेन्द्र यादव अनुपस्थित
काठमाडौं । उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे ।यादव अहिले पनि काठमाडौं बाहिरै रहेकाले शपथमा अनुपस्थित भएका हुन् । यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा २ बाट जसपा अध्यक्ष उपेन्द्र यादव, चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए । लामिछाने र वाग्लेलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै लो...

हाम्रो ओठमा मुस्कान र हातमा फूल छ : रवि लामिछाने

हाम्रो ओठमा मुस्कान र हातमा फूल छ : रवि लामिछाने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी  का सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन्।बुधबार चितवनको मुग्लिन बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै उनले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताएका हुन्। ‘सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौँ हामी। हाम्रो ओठमा मुस्कान र हातमा फूल छ। हामीले गालीगलौज गर्न सुहाउँदैन। त्यसैले हामी गालीगलौजको...

बालुवाटारमा शेखर समूहको बैठक सुरु, सरकारमा पठाउने मन्त्री बारे छलफल हुँदै

बालुवाटारमा शेखर समूहको बैठक सुरु, सरकारमा पठाउने मन्त्री बारे छलफल हुँदै
काठमाडौँ । नेपाली काँग्रेसको संस्थापनइतर समूह शेखर कोइराला पक्षले सरकारमा को मन्त्री पठाउने भन्ने बारे छलफल गर्न लागेको छ।बालुवाटारस्थित कोइराला सचिवालयमा बिहीबार बिहान बसेको बैठकमा सरकारमा आफ्नो समूहबाट पठाउने मन्त्रीबारे छलफल भइरहेको बताइएको छ । बैठकमा महामन्त्री गगन थापा लगायत १४ औँ महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीहरूका केही नेता र सांसदहरू सहभागी भएका छन्।कोइराला पक्षले आफूहरूले कम्तीमा पनि ३ मन्त्री छान्न पाउनुपर्ने अडान राखे पनि ८ मन्त्रालय पाएको काँग्...

ढाका कुमारको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्ने

ढाका कुमारको अडियो प्रकरणबारे रास्वपाले आज निर्णय गर्ने
काठमाडौं । प्रतिनिधि सभा सदस्य ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज निर्णय गर्ने भएको छ ।पार्टीको अनुशासन आयोगले छानबिन गरी मंगलबार नै प्रतिवेदन बुझाएकोले आज केन्द्रीय समिति बैठकबाट निर्णय हुने रास्वपाले जनाएको छ । ढाका कुमारको अडियो प्रकरणबारे निर्णय गर्न रास्वपाले दिउँसो २ बजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय बसुन्धरामा बस्ने सोही बैठकबाट निर्णय हुनेछ ।रास्वपाका सांसाद ढाका कुमारले व्यवसायी दुर्गा प्रसाईं...