×

राजनीति

प्रधानमन्त्रीद्धारा आफ्नो अभिव्यक्तिमा कमजोरी भएको स्वीकार

प्रधानमन्त्रीद्धारा आफ्नो अभिव्यक्तिमा कमजोरी भएको स्वीकार
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिमा आफ्नो कमजोरी भएको स्वीकार गरेका छन् ।आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै पटक भारत गएको भन्ने अभिव्यक्तिका कारण नेकपा एमालेले संसद अवरुद्ध गरेपछि उनले सोमबार स्पष्टीकरण दिएका हुन् । प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर उनले आफूले दिएको अभिव्यक्तिको सन्दर्भ बताए । आफ्नी जेठी छोरी ज्ञानु क्यान्सरका कारण जीवनमरणको दोसाँधमा रहेका बेला छोरा प्रकाशले दिल्ली लगेको र त्यसक्रममा प्रि...

एमालेसँगको विभाजनको समीक्षा गरेर फेरि नेकपातिरै फर्किनुपर्छ : प्रचण्ड

एमालेसँगको विभाजनको समीक्षा गरेर फेरि नेकपातिरै फर्किनुपर्छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा नेकपा एमालेसँग भएको पार्टी एकता र विभाजनबाट शिक्षा लिँदै फेरि नेकपातिरै फर्किनुपर्ने बताएका छन् । त्यसको प्रयासस्वरुप समाजवादी मोर्चा बनाएको पनि उनले बताए । नेपाल कम्युनिष्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रमलाई आज बिहान भक्तपुरमा सम्बोधन गर्दै प्रचण्डले एमाले र माओवादी केन्द्रबीचको एकता गरेर बनेको नेकपालाई बचाउन नसक्नु दुर्भाग्य भएको बताए । देशलाई छिटो आर्थिक समृद्धितिर र समाजवाद...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।बैठक बिहान साँढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने भएको हो । आजको बैठकमा विधान अधिवेशनलगायत विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।उनका अनुसार बैठकले असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्नुका साथै समसामयिक राजनीतिलगायत विषयमा छलफल हुनेछ ।

प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन

प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध प्रदर्शन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन भएको छ । बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा चलाउने स्वयं सहभागी छन् । प्रदर्शनमा सहभागीहरुले ‘विश्वविद्यालयमा हुने अपराधीकरणको अन्त्य गरौं’, ‘न्याय हराए कहाँ जाने रु’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका छन् । उपप्राध्यापक प्रेम चलाउनेमाथि २० असोज २०७७ मा आक्रमण भएको थियो । उनीमाथि आक्रमण गरेको अभियोगमा नेव...

आगामी चुनावमा एमालेले ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ – वामदेव गौतम

आगामी चुनावमा एमालेले ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ – वामदेव गौतम
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासलस्थित पार्टी कार्यालय पुगेका वामदेव गौतमले एक घन्टा लामो भेट गरेका छन् । आफू पहिल्यै एमालेमा सक्रिय रहन इच्छुक भए पनि समूहको व्यवस्थापन नटुंगिएकाले ढिलाइ भएको उनले बताए । ‘म पहिल्यै एमालेमा आएर सक्रिय हुन खोजेको हो, तर साथीहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कुरा मिलिसकेको छैन,’ ओलीसँग भेटेपछि गौतमले  भने, ‘अहिले चुनौतीको बेला छ, आगामी चुनावमा ६० लाख भोट कटाउनेगरी काम गर्नुपर्छ । म पार्टीमा सलाम गर्न, सलाम खाएर बस्न आउ...

समाजवादी मोर्चाको घोषणा सोमबार

समाजवादी मोर्चाको घोषणा सोमबार
काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा भोलि हुने भएको छ ।प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो । जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठका अनुसार भोलि सोमबार राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने छन् ।नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्न...

कांग्रेसले देउवा फर्केपछि मात्रै खाँणबारे निर्णय गर्ने

कांग्रेसले देउवा फर्केपछि मात्रै खाँणबारे निर्णय गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय सभापति शेरबहादुर देउवा फर्केपछि मात्रै गर्ने भएको छ ।सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन् । देउवा असार ७ गते फर्केपछि मात्रै खाँणको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् । ‘कार्यबाहक जिम्मेवारी पाएपनि उपसभापतिले रिस्क लिन चाहनुभएन,’ कांग्रेसका शीर्ष तहका एक नेता भन्छन्...

समाजवादी मोर्चा आज घोषणा नहुने

समाजवादी मोर्चा आज घोषणा नहुने
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा आज घोषणा नहुने भएको छ । आन्तरिक तयारी नपुगेको भन्दै आज मोर्चा गठनको घोषणा नहुने भएको हो । यसअघि नेताहरुले आज असार १ गते मोर्चा गठनको घोषणा हुने बताएका थिए । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा सहभागी हुने पक्का छ । यसमा डा। बाबुराम भट्टराई नेतृत्वको नेसपालाई पनि समेट्नेबारे छलफल भइरहेको छ । एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले दलहरुको आन्तरिक तयारी...

डा.वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त

डा.वैकुण्ठ अर्याल मुख्य सचिव नियुक्त
काठमाडौं । नेपाल सरकारको मुख्य सचिव पदमा डा। वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।