एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी को स्थायी कमिटी बैठक आज पनि बस्दै छ।केन्द्रीय कार्यालय आलोकनगर, तीनकुनेमा बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने पार्टीका प्रवक्ता तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
‘कार्यसूचीमा आधारित भए पनि स्थायी कमिटी सदस्यहरूलाई आफूलाई लागेको कुरा निर्धक्क भन्न समय दिएका छौं,’ उनले सेतोपाटीसँग भने, ‘हिजो करिब १८ जनाले आफ्ना कुरा राख्नु भयो।’आजसम्म चल्ने बैठकमा स्थापना भएको दुई वर्षसम्म पार्...


