गैँडाकोट । २०७९ सालको एसईई परिक्षामा उत्तिर्ण भएका विद्यार्थीहरूलाई नेपाली कांग्रेस गैंडाकोट वडा नं. ५ ले शनिवार सम्मान गरेको छ । आज आयोजित एक कार्यक्रममा वडा नं. ५ मा बसोबास गरि एसईई उत्तिर्ण गरेका विद्यार्थीहरूलाई काँग्रेसले सम्मान गरेको हो ।
नेपाली काँग्रेस वडा नं. ५ का सभापति लक्ष्मण कार्कीको अध्यक्षता तथा गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा भएको विद्यार्थी सम्मान कार्यक्रममा वडाबाट एसइइ पास भएका ८० जना विद्यार्थीहरुलाई सम्मान गरिएको हो । सो अवसरमा विद्यार्थीहरुलाइ मायाँको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मेयर मदनभक्त अधिकारीले कम्तिमा स्नातक तहसम्मको अध्ययन नेपालमै गर्नुपर्नेमा जोड दिनुभयो । उच्च शिक्षाका लागि विद्यार्थी १२ कक्षा सकेपछि विदेशिने क्रम बढेको भन्दै चिन्ता समेत ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य ओम सापकोटा, गैंडाकोटका सभापति बद्रि सापकोटा, सचिव गोविन्द घिमिरे काँग्रेस नेतृ शान्ति न्यौपाने, नेपाली काँग्रेस गैँडाकोट ५ का उपसभापति बिष्णुप्रसाद गौतम, सचिव दिपक ढुंगाना लगायतले बोल्नुभएको थियो ।



उज्यालो खबर




