×

राजनीति

गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त

गण्डकीमा माओवादीका २ मन्त्री बर्खास्त
पोखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त भएका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई पदबाट हटाएका हुन् । मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए ।मुख्यमन्त्री पाण्डेले २ मन्त्री बर्खास्त गरेर दुवै मन्त्रालय आफैँ मातहत राखेका छन् ।

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

मन्त्रालयको भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै
काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक आज दिउँसो बस्ने भएको छ ।मन्त्रालयको टुंगो लगाउन नयाँ गठबन्धनको बैठक दिउँसो २ बजे बस्न लागेको हो ।गठबन्धनबाट शंकर पोखरेल, वर्षमान पुन, स्वर्णिम वाग्ले र राजेन्द्र श्रेष्ठले मन्त्रालयको भागबन्डा गर्नेछन् । नयाँ सत्ता समीकरणसँगै प्रधानमन्त्री प्रचण्डले सोमबार पुराना सबै मन्त्रीलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् ।सोमबार शपथ लिएका मन्त्रीहरू एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डपी अर्याल पनि बिना...

तीन मन्त्रीले लिए शपथ

तीन मन्त्रीले लिए शपथ
काठमाडौं। नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन्।नेकपा (एमाले) बाट पदम गिरी, नेकपा (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद अर्यालले शपथ लिएका हुन्।नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन्। नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन। उनीहरूलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको हो।यसैबीच नेपाली कांग्रेसलगायत पुरानो गठबन्धन दलबाट मन्त्री भएकाह...

काँग्रेसले भन्यो : ‘प्रचण्ड’ले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काए

काँग्रेसले भन्यो : ‘प्रचण्ड’ले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काए
काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन तोडेको प्रतिक्रिया दिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेससँगको सहकार्य तोडेर माओवादी, नेकपा एमाले, रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट मन्त्रिपरिषद् गठनको तयारी भइरहेको छ। अप्रत्याशित र अविश्वसनीय ढंगले गठबन्धन भत्काएको भन्दै काँग्रेसले अब रचनात्मक प्रतिपक्षीको भूमिका निभाउने बताएका छ ।

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै

रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै
काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै संसद्को चौथो ठूलो शक्ति रास्वपाले सभापति रवि लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ ।स्रोतका अनुसार आजै नयाँ मन्त्रीमण्डल बनेमा रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त हुने बलियो सम्भावना छ ।हिजो भएको छलफलमा रविले गृह मन्त्रालयमा दाबी गरेका थिए । प्रधानमन्त्री त्यसमा सहमत बनेको रास्वपा स्रोतले बतायो । ‘हामीले डेलिभरी दिन सक्ने मन्त्रालय मागेका छौँ । पहिले पनि गृह लिएर गएका थियौँ । अहिले पनि गृह नै पाउनु स्वभाविक हो,’ स्...

एमालेबाट पदम गिरी सरकारमा जाने

एमालेबाट पदम गिरी सरकारमा जाने
काठमाडौं । सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने भएका छन् । बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ ।

सत्ता गठबन्धन भत्कियो , एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने

सत्ता गठबन्धन भत्कियो , एमाले सहितको मन्त्रिपरिषद् आजै बनाउने
काठमाडौं । अन्ततः सत्ता गठबन्धन भत्किएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेसँगै नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको हो ।आइतबार रातिसम्म चलेको कांग्रेस र माओवादी केन्द्रको बैठकले सत्ता समीकरण बदल्ने निर्णय गरेको हो । माओवादी उच्च स्रोतका अनुसार, गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्नेछ । त्यसका लागि राष्ट्रिय स्वतन्त्र पार्टी , जनता समाजवादी पार्टी  र राष्ट्रिय प्रजातन्त्र पार्टी  लाई पनि समेट्ने सहमति भएक...

राष्ट्रिय सभाका अध्यक्षसहित २० जना सदस्यहरूको पदावधि आज सकिँदै

राष्ट्रिय सभाका अध्यक्षसहित २० जना सदस्यहरूको पदावधि आज सकिँदै
काठमाडौँ । गोला प्रथाका आधारमा कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरूको पदावधि आइतबार सकिँदै छ । राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने प्रावधान अनुशार आज अध्यक्ष र दुई राज्यमन्त्रीसहित २० सदस्य बिदाइ हुन लागेका हुन् । जसअनुसार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकु...

कांग्रेसलाई ओलीको प्रश्न : ८७ सिटले संविधान संशोधन हुन्छ ?

कांग्रेसलाई ओलीको प्रश्न : ८७ सिटले संविधान संशोधन हुन्छ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन भनेर कांग्रेसले ब्ल्यांक फायर गरेको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले के विषयमा संविधान संशोधन गर्न खोजेको प्रष्ट नभएको बताए । ‘के हिसाबले संविधान संशोधन गर्ने भनेको हो थाहा छैन’, उनले भने, ‘संविधान संशोधन गर्नका लागि बोल्नभन्दा अगाडि कमसेकम यो स्थितिलाई सम्भव बनाउने गरी कुन कुन विषयमा केका लागि भन्ने चाहियो नि ! ’ उनले अगाडि भने, ‘८७ सिटले संविधा...