×

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन भनेर कांग्रेसले ब्ल्यांक फायर गरेको टिप्पणी गरेका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले कांग्रेसले के विषयमा संविधान संशोधन गर्न खोजेको प्रष्ट नभएको बताए । ‘के हिसाबले संविधान संशोधन गर्ने भनेको हो थाहा छैन’, उनले भने, ‘संविधान संशोधन गर्नका लागि बोल्नभन्दा अगाडि कमसेकम यो स्थितिलाई सम्भव बनाउने गरी कुन कुन विषयमा केका लागि भन्ने चाहियो नि ! ’

उनले अगाडि भने, ‘८७ सिटले संविधान संशोधन हुन्छ ?’

एमालेल सहयोग गरे त पुग्छ होला नि भन्ने पत्रकारको प्रश्नमा ओलीले केमा सहयोग गर्ने भनेर प्रतिप्रश्न गरे, ‘एमालेले केमा सहयोग गर्ने ? प्रतिगमनका लागि  ?’

कांग्रेस अग्रगामी सोचका साथ अगाडि नआएको भन्दै उनले भने, ‘गठबन्धन बदलिएपछि कांग्रेस अत्तालिएको छ, किन अत्तालिएको हो थाहा छैन ।’संविधान संशोधन चाहिँ आवश्यक छ कि छैन भन्ने प्रश्नमा ओलीले आवश्यक हुनसक्ने बताए । तर आफूहरुसँग संख्याले नपुग्ने भएकाले अहिले संविधान संशोधनको चर्चा नगर्ने एमाले अध्यक्ष ओलीले बताए ।

तपाईको प्रतिक्रिया