सहकारी प्रकरण छानबिनमा आज संसदीय समिति बन्ने, कार्यादेशलाई अन्तिम रूप दिइँदै
काठमाडौं । सहकारी ठगीबारे सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको सहमतिले आज औपचारिकता पाउने भएको छ ।सोमबार साँझ दलहरुको बैठकले ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति गरेको थियो ।
आज बस्ने तय भएको बैठकले कार्यादेशलाई अन्तिम रुप दिएर समिति बनाउने बाटो खुला हुनेछ ।समितिमा पाँच दलका प्रतिनिधि रहने समझदारी सोमबार नै भएको छ । जसमा एमाले र कांग्रेसबाट दुईरदुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एकरएक जना रहने सहमति भएको छ ।
समितिले सूर्यदर्शन, सुप्रीमलगायत सहक...


