×

राजनीति

प्रचण्ड र मोदीबीच भेटवार्ता

प्रचण्ड र मोदीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचारविमर्श भएको थियो ।मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिउँसो नयाँदिल्ली गएका थिए । आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा उनी सहभागी भएका थिए । प्रधानमन...

पत्रकार महासंघको चुनाव सर्‍यो

पत्रकार महासंघको चुनाव सर्‍यो
काठमाडौं । नेपाल पत्रकार महासंघको चुनाव सरेको छ ।२७औं महाधिवेशनले आजका लागि तय गरेको चुनाव असार महिनाका लागि सारिएको हो ।मतदाता नामावलीमा देखिएको विवादका कारण चुनावको मिति सारिएको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । उनका अनुसार विवाद समाधानको प्रयास जारी भएकोले अध्यक्ष मण्डलसँगको परामर्शमा मतदानको मिति सारिएको हो ।असार दोस्रो साताभित्र मतदान गर्ने उल्लेख भए पनि नयाँ मिति भने तोकिएको छैन । साथै, निर्वाचन समिति गठन गर्न बाँकी शाखा समिति, एशोसिएट संस्था र प्रदेश ...

गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने
पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं गएका थिए । काठमाडौंबाट फर्किएलगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् ।पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा...

मध्यरातमा मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री दाबी पेस गर्न पुगे सतिश सिंह

मध्यरातमा मन्त्रालय भागबण्डा मिलेपछि मुख्यमन्त्री दाबी पेस गर्न पुगे सतिश सिंह
जनकपुरधाम । मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिश सिंहले दाबी पेस गर्न लागेका छन् । राति अबेरसम्म बसेको साझेदार दलको बैठकमा मन्त्रालय भागबन्डामा सहमति जुटेपछि मुख्यमन्त्रीमा दाबी पेस हुन लागेको हो । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्‍मको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् । सरकारको नेतृत्व जनमतले गर्ने पहिल्यै सहमति भएपनि मन्त्रालय भागबन्डामा सहमति जुट्न सकेको थिएन । ...

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता

भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता
काठमाडौं । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । यी देशमा कांग्रेस-माओवादी गठबन्धन सरकार रहेका बेला राजदूत नियुक्त भएका थिए । भारतमा डा। शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत छन् ।

मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्रीले गुमाए विश्वास

मधेशमा ढल्यो जसपा नेपालको सरकार, मुख्यमन्त्रीले गुमाए विश्वास
जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिन असफल भएका छन्।प्रदेश सभामा बहुमत सांसदले उनको विपक्षमा मतदान गरेका छन्। मधेस प्रदेशमा अहिले १०६ जना सांसद छन्।यसमध्ये आजको प्रदेश सभा बैठकमा १०३ जना उपस्थित थिए। मुख्यमन्त्री यादवको पक्षमा ५० जना र विपक्षमा ५३ जना सांसदले मतदान गरेका थिए।मधेस प्रदेश सभा बहुमतका लागि कम्तीमा ५४ जना सांसदको समर्थन आवश्यक छ।विश्वासको मत सावित गर्न नसकेपछि मुख्यमन्त्री यादव पदमुक्त भएका छन्। संविधाानको धारा १८८ को उपधारा...

वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन – माधव नेपाल

वामपन्थी शक्तिहरु मिल्नुको विकल्प छैन – माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विभाजन भएर गठन भएको तीन वर्ष पुग्नै लाग्दा नेकपा (एकीकृत समाजवादी) आफ्नो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । कुनै पनि दलको बहुमत नरहेको वर्तमान प्रतिनिधिसभामा १० स्थान रहेको सो एकीकृत समाजवादी संघ र प्रदेशका सत्ता गठबन्धन हेरफेरमा कतिपय अवस्थामा निर्णायकसमेत रहँदै आएको छ । आफूहरुलाई बेवास्ता र अपमान नगर्न आग्रह गर्दै आएका सो दलका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग राष्ट्रिय राजनीति र एकीकृत समाजवादीको दस...

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । १४ जेठमा सर्वोच्च अदालतमा न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले तत्कालिन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै उनी पदमुक्त हुने फैसला गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्...

संसदीय छानबिन समितिलाई चार बुँदे कार्यादेश

संसदीय छानबिन समितिलाई चार बुँदे कार्यादेश
काठमाडौं । सहकारीको रकम अपचलनबारे अध्ययन गर्न गठन हुने संसदीय छानबिन समितिको ४ बुँदे कार्यादेश (टीओआर)टुंगो लागेको छ । मंगलबार दिउँसो बसेको कार्यदलको बैठकले संसदीय समितिको ४ बुँदे टीओआर टुंगो लगाएको कार्यदल संयोजक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए ।