×

राजनीति

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने

एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने
  काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले  जानकारी दिए । उनले सम्पूर्ण पूरा भइसकेको बताए । एसईईको परीक्षा गत वर्ष चैतमा सञ्चालन भएको थियो ।

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय
  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।अख्तियार उच्च स्रोतका अनुसार सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो । ‘उहाँलगायत केही सार्वजनिक व्यक्तिहरूमाथि भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय भएको हो,’ अख्तियार स्रोतले भन्यो, ‘तर उच्चपदस्थ अधिकारीहरू जोडिएको र संवेदनशील विषय भएकाले अरू सबै विवरण हामीले...

जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो, जसपा भने सरकारमा यथावत

जसपा नेपालले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लियो, जसपा भने सरकारमा यथावत
रुपन्देही । सत्तारुढ जनता समाजवादी केन्द्रमा देखिएको खटपटले प्रदेश सरकारलाई समेत समस्यामा पार्ने देखिएको छ । केन्द्रमा दुई पार्टी भएर प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिले दुई अलग अलग पार्टी बनाएपनि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सर्वोच्चमा गएकाले त्यो प्रकृया यसै रोकिएको छ । ३ सांसद रहेको लुम्बिनी जसपा नेपाल तर्फ एक सांसद छन् भने जसपामा दुई सांसद छन् । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टी संसदीय दलकी प्रमुख सचेतक अम्...

रविलाई नारायणकाजीको झटारो – पहिले ठूला कुरा गर्नेले आफ्नो पालोमा के गरे ?

रविलाई नारायणकाजीको झटारो – पहिले ठूला कुरा गर्नेले आफ्नो पालोमा के गरे ?
  उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अर्का उपप्रधानमन्त्री रवि लामिछानेप्रति कटाक्ष गरेका छन् । श्रेष्ठले गृहमन्त्री हुँदा फाइल खोले पनि कारबाही गर्न नसकेको भन्दै रविले ‘मुटु हुनेले फइल खोलेको भएको कारबाही हुने’ भन्दै कटाक्ष गरेका थिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले त्यसको जवाफ दिएका हुन् । उनले भने, अरू बेलामा ठूल्ठुला कुरा गर्नेहरू आफ्नो पालो आएपछि चाहिँ भयो ? गरौँ कि नगरौं भन्ने अनि कसरी ...

आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याउने पार्टी बनाउन सकिन्छः गगन थापा

आगामी निर्वाचनमा कांग्रेसलाई एकल बहुमत ल्याउने पार्टी बनाउन सकिन्छः गगन थापा
काठमाडौं-  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई २०८४ सालको निर्वाचनमा एकल बहुमत आउने गरी बनाउन सकिने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एकढिक्का बनाएर कांग्रेसलाई अघि बढाउनसके आगामी निर्वाचनमा एकल बहुमत सहितको ५ वर्ष ढुक्कले सरकार बनाउन सकिने जिकिर गरे। यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर नेपालको सबैभन्दा ठूलो मात्रै होइन, ५ वर्ष आफ्नो तागतको आधारमा एकल सरकार चलाउन सक्ने पा...

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट न्यायाधीश शर्माद्वयको इजलासमा पेशी

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको रिट न्यायाधीश शर्माद्वयको इजलासमा पेशी
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्वन माग गरिएको रिट न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा पेशी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिट पहिलो नम्बरमा पेशी तोकिएको छ। गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा जोडेर निलम्बनको माग रिटमा गरिएको छ। महान्यायाधीवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई सहकारी ठगीमा ‘क्लिनचिट ’ देखिने गरी पत्र दिएको थियो। उक्त पत्रमा लामिछानेका विरुद्ध कुनै पनि अदालतमा अभियोग नभएको र अनुसन्धान पनि नभएको भनिएको थ...

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र चाहिने गरी भएको निर्णयविरूद्ध रिट

सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र चाहिने गरी भएको निर्णयविरूद्ध रिट
काठमाडौं- वृद्धभत्ता लगायतका सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र चाहिने गरी सरकारले गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।अधिवक्ता विमल पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र गृह मन्त्रालयलाई विपक्षी बनाएर आइतबार उक्त रिट दर्ता गरेका छन्। सरकारले साउन १ गतेबाट लागु हुने गरी पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा नवीकरण गर्न राष्ट्रिय परिचयपत्र चाहिने निर्णय गरेको थियो। जेठ २५ गतेको उक्त निर्णय कार्यान्वयन गर्न राष्ट्रिय पञ्जिकरण वि...

नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू – मेयर बालेन

नगर सभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनू – मेयर बालेन
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नगर सभा बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले) को धङधङी बोकेर नआउन चेतावनी दिएका छन्।कांग्रेस, एमाले, एकीकृत समाजवादीका नेताहरूलाई लक्षित गरेर उनले सामाजिक सञ्जालमार्फत् यस्तो चेतावनी दिएका हुन्। काठमाडौं महागरपालिकाको आइतबार नगर सभा बैठक थियो।बैठक सुरू हुनपूर्व वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोल, ३२ का अध्यक्ष नवराज पराजुली र १७ का अध्यक्ष नवीन मानन्धर अलग्गै छलफल गरेका थिए।डंगोल एकीकृत समाजवादीका नगर सभा दलका नेता हु...

रूकुम पश्चिममा जीप दुर्घटना, तीन जनाको मृत्यु

रूकुम पश्चिममा जीप दुर्घटना, तीन जनाको मृत्यु
सुर्खेत- रुकुम पश्चिमको मुसिकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।आइतबार राति साढे ८ बजे मुसिकोट नगरपालिका–१ निपानेमा कर्णाली प्रदेश ०२–००१ च ०४१३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार दुर्घटनामा परी बर्दियाको ठाकुरबाबा नगरपालिका–५ का २७ बर्षीय सौगात विक, सुर्खेतको बराहताल गाउँपालिका–५ का १९ बर्षका जीतबहादुर कार्की र जीप चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेलकुनाका धर्मे...