×

गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोटले शनिवार ३ वटा वडामा प्रथम अधिवेशन सम्पन्न गरेको छ ।गैँडाकोट ४, ५ र ८ मा सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी गैँडाकोट नगरकमिटीका उपसभापति विमल घिमिरेले जानकारी दिनुभयो ।

गैँडाकोट ४ मा भएको अधिवेशनबाट वडा सभापतिमा राम काप्री चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा रामनाथ पौडेल, कमला सापकोटा, सुरेन्द्र बहादुर जि।सी, सृजना पराजुली, सुमित्रा खड्का परियार, खुमकान्त पौडेल, केशवप्रसाद पौडेल र डिल्लीराज देवकोटा चयन हुनुभएको छ ।

त्यस्तै ५ को वडा सभापतिमा घनश्याम खरेल चयन हुनुभएको छ । सदस्यहरुमा तिला सापकोटा, भगवती सापकोटा, संगीता पौडेल, पवन क्षेत्री, सन्तोष पौडेल, हरि थापा र शान्ता के।सी। चयन हुनुभएको छ ।

त्यस्तै गैँडाकोट ८ को वडा सभापतिमा तारानाथ सुवेदी चयन हुनुभएको छ । सदस्यहरुमा कलाधर पौडेल, बबिता कुँवर, खगराज गौतम, कोपिला कंडेल, मायादेवी कंडेल, आयुष पौडेल, धनकुमारी परियार र दुर्गे तामाङ चयन हुनु भएको नगर उपसभापति विमल घिमिरेले जानकारी दिनुभयो ।हरेक वडामा ११ जनाको कमिटी बनाउनुपर्ने हुन्छ । जसमध्य उपसभापति, सचिव र एक जना सदस्य पछि नियुक्ति गरिने घिमिरेको भनाई छ ।

तपाईको प्रतिक्रिया