×

राजनीति

ओली र मोदीबीच आज भेटवार्ता हुँदै, सगरमाथा संवादमा निमन्त्रणा गरिने

ओली र मोदीबीच आज भेटवार्ता हुँदै, सगरमाथा संवादमा निमन्त्रणा गरिने
  काठमाडौं -थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। भेट नेपाली समयअनुसार शुक्रबार मध्याह्न ४ बजे हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९बिमस्टेक० को छैटौं सम्मेलनका अवसरमा ओली र मोदीबीच ‘साइडलाइन वार्ता’ हुने निश्चित भएकोे हो। ती अधिकारीले भने, ‘डेढदेखि तीन घण्टाको समय भारतीय ...

कुलमान घिसिङले पाएनन् अन्तरिम आदेश, हितेन्द्रको नियुक्ति निरन्तर

कुलमान घिसिङले पाएनन् अन्तरिम आदेश, हितेन्द्रको नियुक्ति निरन्तर
काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशहरू डा। कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले कुलमानलाई पदमुक्त गर्ने सरकारको निर्णयमाथिको प्रश्न मुद्दाको अन्तिम किनारा लगाउदा टुंगिने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । तर इजलासले मुद्दालाई प्राथमिकता दिने भन्दै अग्राधिकारको आदेश दिएको छ । सर्वोच्च अदालतको विहीबारको आदेशपछि हितेन...

१०३ दिनपछि तनाव झेल्दै काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर

१०३ दिनपछि तनाव झेल्दै काठमाडौंका प्रमुख प्रशासकीय अधिकृतले गरे हाजिर
  काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हाजिर गरेका छन् । गुरागाईं कार्यालय पुग्दा केहीबेर तनाव भएको थियो ।मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरीको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक लगाउने प्रयास गरेको थियो । गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरेका थिए ।बिहीबार हाजिर गर्न पुगेका उनलाई रोक्न महानगर प्रहरी खटाइएको थियो । तर, कर्मचारीहरूले उनलाई कार्यकक्षसम्म पुर्‍याए ।उनी १०३ ...

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, कर्मचारीको विरोध

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन, कर्मचारीको विरोध
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई रोक्न महानगर प्रहरी परिचालन गरिएको छ ।गुरागाईं बिहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो । महानगरपालिकाले भने आधिकारिक प्रक्रिया पूरा नगरी नक्सा पार गरेको भन्दै उनीमाथि छानबिन समेत गरेको थियो र जिम्मेवारीबाट हटाएको थियो ।यता, महानगरका कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै पठाएकाले हाजिर गर्न लगाएर काम...

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी विजयी

त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशी विजयी
काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ) का दिपकराज जोशी विजयी बनेका छन्।तत्कालीन स्ववियु सभापति श्यामराज ओझाका अनुसार जोशी ७८९ मत ल्याएर विजयी बनेका हुन्। नेकपा एमाले निकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए।त्यस्तै नेकपा माओवादी निकट क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका छन्।स्वतन्त्र उम्मेदवार उज्जल खड्काले ७१७ मत ल्याएका हुन्।कुल ३११८ मत खसेको थियो।

तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् – प्रधानमन्त्री ओली

तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रले उन्मुक्ति पाउँदैनन् –  प्रधानमन्त्री ओली
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनामा पूर्वराजा ज्ञानेन्द्रले पनि उन्मुक्ति नपाउने बताएका छन्।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको र तीनकुने घटनाबारे प्रतिनिधि सभामा जबाफ दिँदै प्रधानमन्त्री ओलीले हिंसात्मक प्रदर्शनको जिम्मा पूर्वराजाले लिनुपर्ने र उनले पनि उन्मुक्ति नपाउने बताएका छन्।उनले पूर्वराजा ज्ञानेन्द्र शाहकै उक्साहटमा अराजकता मच्चिएको बताएका हुन्। ‘तत्कालीन राजा ज्ञानेन्द्र शाह...

प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन

प्रहरीसँग माफी माग्दै दुर्गा प्रसाईंले भने- भागेको छैन
काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् ।शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रसाईंले प्रहरीको घेरालाई गाडीले पेल्दै अघि बढेका थिए । सो क्रममा उनले कयौं पटक अश्लील शब्द पनि प्रयोग गरेका थिए । उनलाई प्रहरीले अहिले पनि खोजी गरिरहेको छ । यसबारे उनले भनेका छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’त्यसयता फरार रहेका प्रसाईंले ...

चैत २६ र वैशाख ७ गतेको आन्दोलनमा उच्च मनोबल बनाउन राप्रपाको अपिल

चैत २६ र वैशाख ७ गतेको आन्दोलनमा उच्च मनोबल बनाउन राप्रपाको अपिल
  काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणा गरेको आगामी चैत २६ गते र वैशाख ७ गतेको प्रदर्शन तथा आन्दोलनमा उच्च मनोबलसहित तयारीमा जुट्न पार्टी पंक्तिलाई अपिल गरेको छ । शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार भएका दल, समूह, अभियान, धार्मिक संघसंस्था र जनसमुदायलाई अपिल गरेको हो । ‘पूर्वघोषित चैत २६ गते काठमाण्डौंमा हुने बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा तथा बैशाख ७ गते हुने राजधानी केन्द्रीत आन्दोलनको उच्च मनोबलसहित तयारीमा ज...

रविन्द्र मिश्र र धवल शमशेरलाई रिहाइ गर्न राप्रपाको २४ घन्टे अल्टिमेटम

रविन्द्र मिश्र र धवल शमशेरलाई रिहाइ गर्न राप्रपाको २४ घन्टे अल्टिमेटम
  काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादीको प्रदर्शनमा भएका घटनाको छानबिन गर्न माग गरेको छ। पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले तीनकुने घटनाको छानबिनका लागि स्वतन्त्र न्यायिक छानबिन आयोग गठन गर्न माग गरेको हो। बैठकले उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई २४ घण्टाभित्र बिनासर्त रिहा गर्न अल्टिमेटम दिएको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए। आफ्ना नेताहरूलाई रिहा नगरिए देशभर विरोधका कार्यक्रमहरू...