×

राजनीति

सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा अख्तियारको छापा

सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा अख्तियारको  छापा
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको छ । अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान समितिको कार्यालयमा छापा हानेको हो । समितिका लेखापाल खड्कबहादुर रानामाथि तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको छ । लेखापाल रानाले रकम हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको थियो । सोही उजुरीका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणम...

राप्रपाले आज काठमाडौंको बल्खुमा सभा गर्दै

राप्रपाले आज काठमाडौंको बल्खुमा सभा गर्दै
काठमाडौं । संवैधानिक राजतन्त्र र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंको बल्खुमा सभा गर्दैछ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो ११ बजेदेखि जुलुस सुरु हुने र १२ बजेदेखि सभा सुरु गर्ने तयारी छ । ‘११ बजेदेखि कलंकी, कालिमाटी, सातदोबाटो, कीर्तिपुर लगायतका स्थानबाट जुलुस निस्किन्छ र १२ बजेदेखि सभा सुरु हुन्छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘३० औं हजारलाई सभामा सहभागी गराउने गरी तयारी गरिएको छ ।’ सभालाई पार्टी अध्यक्ष राजेन्द्र ...

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । संघीय संसद् अन्तर्गत सोमबार तीनवटा संसदीय समितिहरूको बैठक बस्ने तय भएको छ ।कानुन न्याय तथा मानव अधिकार समितिको बैठक बिहान १० बजे बस्नेछ । बैठकमा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको अधिकारको अवस्था सम्बन्धमा स्थलगत अनुगमन बारे छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यसै गरी, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि दिउँसो ३ ...

रवि लामिछानेको सांसद पद निलम्बन गरिएको विषय अन्तर्राष्ट्रियकरण गर्छौं- स्वर्णिम वाग्ले

रवि लामिछानेको सांसद पद निलम्बन गरिएको विषय अन्तर्राष्ट्रियकरण गर्छौं- स्वर्णिम वाग्ले
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन गरेको विषय अन्तर्राष्ट्रियकरण गर्ने बताएका छन्।शनिबार चितवनबाट रास्वपाले शुभारम्भ गरेको जनयात्रालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले बदनीयतपूर्ण ढंगले सभापति लामिछानेको सांसद पद निलम्बन गरिएको भन्दै त्यस विषयलाई अन्तर्राष्ट्रिय फोरममा पुर्‍याउने बताएका हुन्। यत्रो भारी मतले जितेको व्यक्तिको सांसद पद निलम्बन गरियो, सांसदको भूमिका खुम्च्याउन खोजियो। जेनेभामा रहेको इ...

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई

रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्यालले पाएका छन् ।उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् । सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले अनुमोदन गरेको छ ।यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए । केही दिनअघि मात्रै रवि पार्टीको कार्यकार...

रविलाई भोलि विमानमार्फत भैरहवा लगिने

रविलाई भोलि विमानमार्फत भैरहवा लगिने
  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति रवि लामिछानेलाई भोलिमात्रै भैरहवा लगिने भएको छ ।शुक्रबार साँझ निवासबाटै पक्राउ परेका लामिछानेलाई प्रहरीले भोलिमात्रै भैरहवा लाने तयारी गरेको हो । ‘भोलि विमानमार्फत भैरहवा लाने तयारी गरेका छौं’, एक प्रहरी अधिकारीले भने । प्रहरी स्रोतका अनुसार उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राख्ने तयारी गरिएको छ ।संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालतको बुटवल...

अहिले नै गिरफ्तारी दिँदैछु, ममाथि ठूलो अन्याय भएको छ – रवि लामिछाने

अहिले नै गिरफ्तारी दिँदैछु, ममाथि ठूलो अन्याय भएको छ – रवि लामिछाने
काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूले उच्च अदालतको आदेशको सम्मान गर्दै गिरफ्तारी दिने बतएका छन् ।सामाजिक सञ्जालमार्फत उच्च अदालत बुटवलको आदेशलाई सम्मान गर्दै आजै गिरफ्तारी दिने बताए । यद्यपि, उनले आफूमाथि अन्याय भएको जिकिर गरेका छन् । ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिँदैछु । साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु’, उनले लेखेका छन्, ‘म माथि ठूलो अन्याय भएको छ ।’ उनले...

पाँच सिडिओसहित १० सहसचिवको सरुवा

पाँच सिडिओसहित १० सहसचिवको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले पाँच जना प्रमुख जिल्ला अधिकारी सहित १० जना सहसचिवको सरुवा गरेको छ। गृह मन्त्रालयले शुक्रवार विभिन्न जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। मन्त्रालयले सहसचिवको दरबन्दीमा कार्यरत दुई उपसचिव प्रजिअलाई फिर्ता गरेर सहसचिवहरूलाई नै पठाएको छ । खटनपटनका क्रममा पाँच जना सहसचिवहरूलाई प्रजिअमा पदस्थापन गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई गृह मन्त्रालयमा तानिएको छ भने गृह मन्त...

गाडी रिजर्भको भाडा नदिएको भन्दै जीपका ड्राइभरले कुटे प्रशासकीय अधिकृत

गाडी रिजर्भको भाडा नदिएको भन्दै जीपका ड्राइभरले कुटे प्रशासकीय अधिकृत
  बझाङ। बझाङको छविसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार यादवमाथि कुटपिट भएको छ । बिहीबार छबिसपाथिभेरा गाउँपालिका–२ का मुकेश ऐडीले कार्यकक्षमै पुगेर यादवमाथि आक्रमण गरेका थिए।यादव हालै कार्यकारीको रूपमा पालिकामा नियुक्त भएका थिए । कुटपिटबाट यादवलाई चोटपटक लागेको छ । उनको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ । जीप चालक ऐडी छविसपाथिभेरा गाउँपालिकाका खेलकुद समिति सदस्य पनि हुन् । उनले पालिकाले आफ्नो जीप प्रयोग गरी भुक्तानी नदिएको भन्दै आक्रोश व्...