काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहकको जिम्मेवारी उपसभापति डोलप्रसाद अर्यालले पाएका छन् ।उच्च अदालतको आदेशसँगै पार्टी सभापति लामिछाने शुक्रबार राति पक्राउ परेपछि अर्यालले कार्यवाहक सभापतिको जिम्मेदवारी पाएका हुन् ।
सभापति लामिछानेले अर्याललाई तोकेको कार्यवाहकको जिम्मेवारी शुक्रबार राति बसेको केन्द्रीय समितिको भर्चुअल बैठकले अनुमोदन गरेको छ ।यसअघि लामिछाने हिरासतमा हुँदा पनि अर्यालले नै कार्यवाहकको जिम्मेवारी पाएका थिए । केही दिनअघि मात्रै रवि पार्टीको कार्यकारी नेतृत्वमा फर्किएका थिए ।
संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसलगत्तै राति ९ बजे उनी पक्राउ परेका थिए ।आफ्नै कोठाबाट पक्राउ परेका रविलाई आज विमान मार्फत रुपन्देही लैजाने तयारी गरिएको छ ।



उज्यालो खबर




