×

राजनीति

अवसरवादी दलहरुको गठबन्धनको सरकारलाई समर्थन गर्न सक्दैनौं : गुरुङ

अवसरवादी दलहरुको गठबन्धनको  सरकारलाई समर्थन गर्न सक्दैनौं : गुरुङ
काठमाडौं । गण्डकी प्रदेशमा प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङले संघीयतालाई बलियो बनाउन डटेर लाग्दा प्रदेश सरकारलाई सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै पूर्व मुख्यमन्त्री समेत रहेका गुरुङले संघीयता बलियो भए मात्र लोकतन्त्र बलियो हुने बताए । ‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ’ उ...

‘अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन’

‘अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न मिल्दैन’
काठमाडौं । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिन नसक्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा बिहीबार राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराई र प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेश गरेका छन् । दुबै पक्षको दाबी छ– अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन । यो संविधानले राष्ट्रपतिलाई दिएको अधिकार हो । राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६९५०...

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशन सार्ने एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशन सार्ने एजेन्डा
काठमाडौं। नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ।मुख्यतया आजको केन्द्रीय समिति बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन्।सभापति शेरबहादुर देउवाको निवासमा पछिल्लोपटक बसेको पदाधिकारी बैठकले भदौ ७ देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव छलफल गरी निर्णय गर्नका लागि आज केन्द्रीय समिति बैठक बस्न लागेको हो। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज दिउँसो २ ...

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचार गर्न दिल्ली लगिंदै
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए ।

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो
काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ। मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्दैन।पछिल्लोपटक काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले केही खुकुलो गरी असार ७ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेका थिए, जुन आदेखि कार्यान्वयनमा आएको छ। आजदेखि खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न पाइन्छ।विकास निर्माणका काममा आवश्यक पर्ने पसल लाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ। होटलम...

हिंसात्मक अभिव्यक्ति दिने कांग्रेस सांसद वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग

हिंसात्मक अभिव्यक्ति दिने कांग्रेस सांसद वैद्यलाई पक्राउ गर्न गृहमन्त्रीसँग माग
काठमाडौं । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ । उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्ययको अभिव्यक्तिप्रति फौजदारी कानुन समेत आकर्षित हुने भन्दै उनलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र ...

आज कांग्रेस पदाधिकारी बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने

आज कांग्रेस पदाधिकारी बैठक बस्दै, समसामयिक राजनीतिक विषयमा छलफल हुने
काठमाडौँ –नेपाली कांग्रेसले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा २ः०० बजे बस्ने बैठकमा पार्टीकाे  महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही जिल्ला तथा क्षेत्रको क्रियाशील सदस्यता विवरण टुङ्गिनसकेको कारण बैठकमा सो बारेमा छलफल हुनेछ । यही जेठ २५ गतेसम्म...

वैद्यले प्रदेश सभामा भने : ‘आवेशमा आएर बोलेँ, आत्मालोचित छु’

वैद्यले प्रदेश सभामा भने : ‘आवेशमा आएर बोलेँ, आत्मालोचित छु’
काठमाडौं। नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन्।उनले शनिबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै वैद्यले शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा उक्त शव्दहरु प्रस्तुत भएको भन्दै माफी मागेका हुन् । शुक्रबार बागमती प्रदेश सभाको बैठकमा वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकोले कोही नाथुराम गोड्से बन्न तयार हुनुपर्ने, अरु तयार नभए आफै बन्न तयार...

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै
काठमाण्डौ – सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख र पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्दै हुनुहुन्छ । दिउँसो २ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसहित अरू दलका नेताहरूसँग छलफल गर्न लाग्नुभएको हो । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित सबैलाई लिखित निमन्त्रणा पठाउनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रतिनिधि सभा दोस्रो पटक विघटनको घोषणा भएपछि सभामुख सापकोटाले पहिलो पटक प्रधानमन्त्री ओली, पूर्वप्...