काठमाडौं । राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिन नसक्ने जिकिर गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा बिहीबार राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण भट्टराई र प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित जवाफ पेश गरेका छन् । दुबै पक्षको दाबी छ– अदालतले प्रधानमन्त्री नियुक्त गर्न सक्दैन । यो संविधानले राष्ट्रपतिलाई दिएको अधिकार हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६९५० अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आह्वान गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित दाबी गरेका थिए । प्रधानमन्त्री ओलीले नेकपा एमाले र जनता समाजवादी पार्टीका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दाबी गरेका थिए ।