×

राजनीति

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै 

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिँदै 
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजीनामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठवन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका...

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दायर अविश्वास प्रस्तावको छिनोफानो आज

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध दायर अविश्वास प्रस्तावको छिनोफानो आज
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ ।अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ । मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक अविशवास प्रस्ताव दर्ता गराएका थिए । यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षी गठबन्धनले वै...

कांग्रेस कुहिरोकोे काग भयो, माओवादी बैशाखीको खोजीमा : खिमलाल भट्टराई

कांग्रेस कुहिरोकोे काग भयो, माओवादी बैशाखीको खोजीमा  : खिमलाल भट्टराई
काठमाडौं । नेकपा एमालेका सांसद खिमलाल भट्टराईले सत्तारुढ नेपाली कांग्रेसलाई कुहिराको काग भएको टिप्पणी गरेका छन् । साथै माओवादी केन्द्र बैशाखीको खोजीमा रहेको उनले टिप्पणी गरे ।मंगलबार राष्ट्रिय सभामा विशेष समयमा बोल्दै नेता भट्टराईले सत्तारुढ गठबन्धमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रको विषयमा टिप्पणी गरेका हुन् । ‘कांग्रेस असाध्यै दयनीय स्थितिमा छ । सरकारमा छँदा बलियो भएको हो कि भन्ने लाग्न सक्छ । विचारधाराको हिसावले कांग्रेस मृत्युप्राय भइसकेको छ । बिपी सँगसँगै उसको...

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाण्डौ । सङ्घीय संसदका दुवै सदनको बैठक बस्दैछ ।प्रतिनिधि सभाको बैठक दिउँसो एक बजे र राष्ट्रिय सभाको बैठक बिहान ११ बजे बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।यस्तै, राष्ट्रिय सभाको बैठकमा ‘रेल्वे विधेयक, २०७६ु सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ ।

 एकावहानै  देउवातर्फ संकेत गर्दै रामचन्द्र पौडेलले भने : सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगे

 एकावहानै  देउवातर्फ संकेत गर्दै रामचन्द्र पौडेलले भने : सर्वत्र असफल व्यक्ति सत्ता सम्हाल्न पुगे
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापित शेरबहादुर देउवालाई महाधिवेशन गर्न नसकेको भन्दै कडा टिप्पणी गरेका छन् ।पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नु पर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताएका हुन् । नेतृत्वले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याएको उनको टिप्पणी छ ।‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ ...

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
काठमाडौं । गठबन्धन सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार सिंहदरबारमा कार्यक्रम आयोजना गरेर संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका नेताहरू उपस्थित कार्यक्रममा कार्यदल संयोजक पूर्णबहादुर खड्काले साझा कार्यक्रमको पूर्णपाठ वाचन गरेका थिए । न्यूनतम साझा कार्यक्रमबाट केही विवादित विषय हटाइएको छ भने केही थपिएको छ। यसअघि सार्वजनिक भएको कार्यक्रममा स्थानीय तहलाई प्रदेश मातहत लैजाने उल्...

सरकारको साझा कार्यक्रम  आज ४ बजे सार्वजनिक गरिने

सरकारको साझा कार्यक्रम  आज ४ बजे सार्वजनिक गरिने
काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् । कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो । सो छलफलबाट कार्यदललाई अन्तिम रुप दिइएको एक सदस्यले जानकारी दिए । कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउ...

हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार विरुद्धको महाअभियानको नवलपुर संयोजकमा गंगा जिसी

हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार विरुद्धको महाअभियानको नवलपुर संयोजकमा गंगा जिसी
नवलपुर । समाजलाई सहि गोरेटो तर्फ लैजाने र भ्रष्टाचार विरुद्ध निरन्तर खबरदारी गर्ने उदेश्यले पूूर्वि नवलपरासीमा शुसानका लागि हाम्रो नेपाल हामी नेपाली भ्रष्टाचार विरुद्धको महाअभियानको जिल्ला समिति गठन गरिएको छ । जिल्लाको गैँडाकोटमा शनिवार सम्पन्न भेलाले गंगा जिसीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको सहसंयोजकमा राजु भुसाल, सचिबमा शिब भुसाल, सह–सचिबमा गणेश प्रसाद अधिकारी, कोषाध्यक्षमा ओम प्रसाद सुवेदी, र सह– कोषाध्यक्षमा गौतम श्रेष्ठ रहनु भएको छ । त्यसैग...

भूमि आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर

भूमि आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर
काठमान्डौ । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।अधिवक्ता प्रवेश केसीले शुक्रबार आयोग विघटन संवैधानिक र कानुनी दुवै हिसाबले नमिल्ने तर्क गर्दै रिट दायर गरेका हुन्।रिट निवेदन दर्ता भई साउन २५ गते पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।रिट निवेदनमा केसीले संविधानको धारा ३७ र ४० मा आवास र भूमिहीन दलितसम्बन्धी हक रहेको र ती हकको उद्देश्य प्राप्त नहुँदै आयोग विघटन गर्न नमिल्ने तर्क गरेका छन्। ‘आवास र दलितसम्बन्धीको संवैधानिक प्रव...