नवलपुरका अधिकांसले छाडे माधवको साथ, सबै स्थानीय तहका प्रमुख र उपप्रमुख एमालेमै
नवलपुर । नेकपा एमाले विभाजन गरि नेकपा (एकिकृत समाजवादी) पार्टी गठन गरेपछि विगतमा माधवकुमार नेपाल पक्षमा रहेका नवलपुरका अधिकासं एमाले नेताहरुले नेपालको साथ छाडेका छन् ।विगतमा माधव पक्षमा रहेका केन्द्र देखि जिल्ला तहका नेताहरुले नेपालको साथ छाडेका हुन् । एमाले र माओवादी केन्द्रको एकिकरण पछि बनेको नेकपामा माधव नेपालको कोटाबाट केन्द्रीय सदस्य हुनुभएका रविन्द्र अधिकारीले पार्टी विभाजनमा साथ दिन नसक्ने भन्दै नेता नेपालको साथ छाड्नु भएको छ । उहाँ एमाले सचिव गोकर्ण विष्ट युवा संघको अ...


