×

राजनीति

लुम्बिनीको मन्त्रिपरिषद विस्तार गर्ने तयारी

लुम्बिनीको मन्त्रिपरिषद विस्तार गर्ने तयारी
बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद आज विस्तार गर्ने तयारी गरिएको छ ।कांग्रेस र माओवादी केन्द्रसहित पाँच मन्त्रीको टुंगो लागिसकेको छ । थप मन्त्रीको नाम पनि टुंगो लागेपछि आज दिउँसो ३ बजे शपथ ग्रहण गराउने मुख्यमन्त्री कुलप्रसाद केसीको तयारी छ । माओवादी केन्द्रको नेतृत्वमा साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेको थियो । दलहरुले दलभित्रै र गठवन्धनमा मन्त्रालय र मन्त्रीको भागवण्डा मिलाउन नसक्दा दुई महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । १३ मन्त्रालय रहेको लुम्ब...

नेकपा एसलाई रक्षासहित ५ मन्त्रालय, २१ गते सपथ 

नेकपा एसलाई रक्षासहित ५ मन्त्रालय, २१ गते सपथ 
काठमाडौं । सत्ता साझेदार नेकपा एसले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ ।नेकपा एसका एक केन्द्रीय सदस्यले एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ । नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, प्रेम आलेमगर र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ। नेकपा एसले एक राज्य मन्त्री पनि पाउने बताइएको छ । ...

प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज मंगलबार बस्दै छ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो ।आजको बैठकमा संवैधानिक आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६र७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजै मन्त्रीको शपथ गराउने कोशिस छ : प्रचण्ड

आजै मन्त्रीको शपथ गराउने कोशिस छ : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबारसम्म मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउने तयारी भएको बताए ।सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । अध्यक्ष प्रण्चण्डले सकेसम्म आजै मन्त्रीहरुको शपथ ग्रहण गराउने कोशिस भएको बताए । ‘क्याविनेट आजै शपथ ग्रहण गराउने कोशिस अझै जारी छ’ उनले पार्टीको वुद्धिजीवि संगठनको कार्यक्रममा भने, ‘नभए आज टुंग्याउने भएको हुना...

नागरिकको हितका लागि सरकारले दक्षिणतिर फर्केर बोल्नसमेत सकेन :ओली

नागरिकको हितका लागि सरकारले दक्षिणतिर फर्केर बोल्नसमेत सकेन :ओली
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गर्नुभएको छ ।पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागिपरेको आरोप लगाउनुभयो । तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्न समेत नसकेकोमा आपत्तिसमेत जनाउनुभयो । अध्यक्...

एमाले विधान महाधिवेशन :आजदेखि समूहगत छलफल सुरु हुँदै

एमाले  विधान महाधिवेशन :आजदेखि समूहगत छलफल सुरु हुँदै
काठमाडौं ।नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा आजदेखि विभिन्न प्रस्तावहरूमाथि समूहगत छलफल सुरु हुँदैछ।शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेस गरेका सांगठनिक र उपमहासचिव विष्णु पौडेलले पेस गरेका विधान संशोधन प्रस्तावमाथि छलफल हुन लागेको हो। छलफलका लागि १० वटा समूह बनाइएको छ। समूहगत छलफलको सहजीकरणका लागि २० नेतालाई जिम्मेवारी तोकिएको छ। शनिबार बिहानदेखि हुने समूहगत छलफलको निश्कर्षहरु आजै दिउँसो २ बजे सुरु हुने पूर्ण सत...

कांग्रेस काठमाण्डौको १० पालिकामा आज अधिवेशन हुँदै

कांग्रेस काठमाण्डौको १० पालिकामा आज अधिवेशन हुँदै
काठमाण्डौ -नेपाली कांग्रेस काठमाण्डौको पालिका अधिवेशन आज हुँदैछ ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता टुङ्गिएका जिल्लामा वडा र पालिका अधिवेशन गर्न निर्देशन दिएसँगै आज पालिका अधिवेशन हुन लागेको हो । काठमाण्डौका निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाण्डौ महानगरसहित १० नगरपालिकामा आज निर्वाचन हुन लागेको जानकारी दिनुभयो । काठमाण्डौको दक्षिणकाली नगरपालिकामा भने आज अधिवेशन नहुने भएको छ । दक्षिणकाली–२ को क्रियाशील सदस्यता विवाद कायमै छ । केन्द...

नेकपा एमालेको विधान महाधिवेशन सुरु हुँदै

नेकपा एमालेको विधान महाधिवेशन सुरु हुँदै
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । करिब ६ हजार जना प्रतिनिधिहरु सहभागी हुने यो महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने छ । माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा...

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । बैठकमा मूलतः संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ । बिहीबार बिहान १० बजेका लागि निर्धारित बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा , नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेतालाई आमन्त्रण गरिएको छ । ...