×

राजनीति

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा

कमल थापा र दीपक सिंहसहित ७ जना रिहा
काठमाडौं । आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।पक्राउ परेकामध्ये एक जना भने हिरासतमै छन्

भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा

भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
काठमाडौं - राजावादी समूहले भोलि (जेठ १९ गते)  उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् । सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ ।‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उ...

कमल थापा पक्राउ परेपछि लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ

कमल थापा पक्राउ परेपछि लिङ्देनले भने- खास लडाइँ भोलिबाट सुरु हुन्छ
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ससम्मान नियन्त्रणमुक्त गर्न माग गरेका छन् । अन्यथा भोलिबाट काठमाडौं ठप्प पार्ने उनले चेतावनी दिए । आज काठमाडौंमा प्रदर्शनको क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको छ ।त्यसपछि प्रदर्शनकारीलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘अब हामी देशभरीबाट साथीभाइहरुलाई बोलाउँछौं, खास लडाइँ भोलिबाट सुरु हुन्छ ।’ उनले थपे, ‘अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं । कहाँ रोक्नुहुन्छ...

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय
काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ ।खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले बताए । उनले भने, ‘हामीले यो विषय उठाइसकेका छौं । अब अन्य दलको पनि साथ लिएर गृहमन्त्रीको राजीनामा नआएसम्म सदनमा सशक्त भूमिका खेल्नुपर्छ भन्ने निष्कर्षमा पुगेका छौं ।’हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध ...

आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन हो – प्रधानमन्त्री ओली

आज जनताले शाही दमन चिरेर इतिहास रचेको दिन हो – प्रधानमन्त्री ओली
 काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । ‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन’, उनले अघि भनेका छन्, ‘जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन ।’ आज १८औं गणतन्त्र दिवस मुलुकभर विभिन्न का...

केहीबेरमै छुट्दै अफताब आलम, रौतहट जेलबाहिर कांग्रेस समर्थकहरूको भीड

केहीबेरमै छुट्दै अफताब आलम, रौतहट जेलबाहिर कांग्रेस समर्थकहरूको भीड
काठमाडौं । बम बिस्फोटपछि व्यक्ति हत्याको आरोपमा जिल्ला अदालत रौतहटबाट जन्मकैद पाएका पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता अफताब आलम उच्च अदालत वीरगञ्जले आदेश उल्ट्याइदिएपछि रिहा हुन लागेका छन् । आलमलाई स्वागत गर्न कांग्रेसका कार्यकर्ताहरु फूलमाला लिएर पुगेका छन् । बुधबार उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो । गौर कारागार रौतहटमा रहेका आलम रिहा हुन लागेका हुन् । उनी रिहा हुने भएपछि कारागार अगाडी कांग्रेसका नेता कार्यकर्ताहरुको ठूलो भीड लागेको...

तीर्थराज भट्टराईलाई मैले सरुवा गरेर गृहमा ल्याएको होइन – लेखक

तीर्थराज भट्टराईलाई मैले सरुवा गरेर गृहमा ल्याएको होइन – लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख सहसचिव तीर्थराज भट्टराई०७७ सालदेखि गृह मन्त्रालय मातहत रहेको काम गरेको जानकारी गराएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक भएर काम गरिसकेको मान्छे अध्यागमन विभागको प्रमुख भएर काम गर्न गएको बताए । साथै, उनले आफूले पछिल्लोपटक गृह मन्त्रालयमा सरुवा गरेर नल्याए...

एमाले युवा संघ नेतृत्व छान्न मतदान जारी, थेबे र पुरी बीच प्रतिस्पर्धा

एमाले युवा संघ नेतृत्व छान्न मतदान जारी, थेबे र पुरी बीच प्रतिस्पर्धा
पोखरा - सत्तारूढ नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चुन्न मतदान सुरू भएको छ।पोखरा सभागृहमा जारी दसौं महाधिवेशनमा सहमतिबाट नेतृत्व चुन्न प्रयास असफल भएपछि मतदान सुरू गरेको युवा संघ-इन्चार्ज राजीव पहारीले जानकारी दिए। उनका अनुसार ४२ वटा भोटिङ मेसिनमा ९ वटा बुथ बनाएर मतदान थालिएको हो। महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चुन्न निर्देशन दिएका थिए। ओलीको निर्देशन अनुसार सर्वसम्मत नेतृत्व चुन्न उम्म...

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने रास्वपाको सङ्केत

गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नदिने रास्वपाको सङ्केत
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बस्ने संसद बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै सदन अवरोध गर्ने तयारी गरेको छ । अन्य प्रतिपक्षी दलहरूले समेत गृहमन्त्रीको राजीनामाको माग चर्काउने भएका छन् । रास्वपाको हिजो बसेको संसदीय दलको बैठकले आजको संसद बैठकमा गृहमन्त्री लेखक विरुद्ध कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको थियो । यसबमोजिम आजको संसद बैठक अवरोध गर्ने तयारी रहेको पार्टी स्रोतले बतायो ।स्रोतले भन्यो- ‘गृहमन्त्रीको राजीनामा हाम्रो बटमलाइन हो । राजीनामा न...