×

 काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

‘शाही दमन चिरेर जनताले इतिहास लेखेको दिन हो आज । मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन’, उनले अघि भनेका छन्, ‘जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन ।’

आज १८औं गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।दिवसका अवसरमा मूल समारोह समितिले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारी उच्च पदस्थ व्यक्तिहरुको सहभागिता हुनेछ ।

तपाईको प्रतिक्रिया