×

राजनीति

प्रतिनिधि सभा बैठक बस्दै, संघीय निजामती विधेयक पारित गर्ने तयारी

प्रतिनिधि सभा बैठक बस्दै, संघीय निजामती विधेयक पारित गर्ने तयारी
काठमाडौं । आज दिउँसो १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको बस्दैछ ।आजको बैठकमा सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय भएको हो । सो प्रस्तावमाथि आज छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ । लामो समयपछि सङ्घीय निजामती विधेयक पारित हु...

अदालतमा हाजिर भए धवलशमशेर राणा

अदालतमा हाजिर भए धवलशमशेर राणा
काठमाडौं- राप्रपाका महामन्त्री एवं प्रतिनिधि सभा सांसद धवलशम्शेर राणा काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन्।सोमबार बिहान उनी अदालतमा हाजिर भएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।राणाको न्यायाधीश शिवप्रसाद खनालको इजलासमा बयान हुनेछ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अदालतमा उपस्थित भएका छैनन्।तीन कुने घटनामा हाजिर जमानीमा छुटेका उनीहरू मुद्दा दायर गर्दा उपस्थित भएका थिएनन्। चैत १५ गते राति पक्राउ परेका राणालाई प्रहरीले स्वास्थ्य अवस्थाका कार...

भिजिट भिसा प्रकरणमा रास्वपाले छाडेन अडान

भिजिट भिसा प्रकरणमा रास्वपाले छाडेन अडान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने अडान कायम राखेको छ ।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सत्तारुढ दलहरूसँग सहमति गरेपछि रास्वपा एक्लै विरुद्धमा उभिने भएको हो । एक नेताका अनुसार, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर मात्रै अघि बढ्ने रास्वपाको अडान छ । यसअघि माओवादी र समाजवादी पनि भिजिट भिसामा गृहमन्त्रीको राजीनामा माग गर्दै आएको थियो ।तर, एमाले, कांग्रेस र माओवादीले भने दुई बुँ...

प्रेस स्वतन्त्रतामाथि अदालत र प्रहरीको कदमप्रति प्रेस चौतारीको गम्भीर ध्यानाकर्षण

प्रेस स्वतन्त्रतामाथि अदालत र प्रहरीको कदमप्रति प्रेस चौतारीको गम्भीर ध्यानाकर्षण
काठमाडौं – बिजमाण्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित समाचारहरू हटाउन काठमाडौं जिल्ला अदालतबाट जारी गरिएको आदेश र सोही समाचारसँग सम्बन्धित पत्रकार दिलभूषण पाठकमाथि साईबर ब्युरो, नेपाल प्रहरीमार्फत जारी गरिएको पक्राउ पुर्जीप्रति प्रेस चौतारी नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गरिएको छ। प्रकाशित वा प्रस...

अमेरिकामा २ बालबालिकासहित ४ नेपाली गोली लागेको अवस्थामा मृत भेटिए

अमेरिकामा २ बालबालिकासहित ४ नेपाली गोली लागेको अवस्थामा मृत भेटिए
काठमाडौं । अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला परेका छन् ।भर्जिनियास्थित म्यानेसस पार्कको एक घरमा २ बालबालिकासहित चार नेपाली मृत अवस्थामा फेला परेका हुन्। मृतकमध्ये ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, एक २ वर्षे बालक र ८ वर्षीया बालिका रहेका छन्। उनीहरु एकै परिवारको हो होइन खुलिसकेको छैन । म्यानेसस पार्क प्रहरी विभागका अनुसार बिहीबार राति करिब १०:४० बजे घरधनीले आफ्ना भाडामा बस्नेहरूलाई सुरक्षाको अनुगमन गरिदिन अनुरोध गरेका थिए। घटनास्थलमा पुगेका प्रहर...

वाइसिएलको नेतृत्व सहमतिमै टुंग्याउन अध्यक्ष प्रचण्डको निर्देशन

वाइसिएलको नेतृत्व सहमतिमै टुंग्याउन अध्यक्ष प्रचण्डको निर्देशन
काठमाडौं- नेकपा (माओवादी)  को युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)  को जारी तेस्रो राष्ट्रिय सम्मेलनमा नेतृत्व चयन सहमतिमै टुंग्याउन नेताहरूले कसरत जारी राखेका छन्।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिमै नेतृत्व चयन गर्न निर्देशन दिएकाले हिजो निर्वाचन कार्यतालिका अघि बढ्न सकेको थिएन। शुक्रबार दिउँसो एक बजेलाई उम्मेदवारी दर्ता प्रक्रिया सुरू गर्ने तयारी रहेको निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले जानकारी दिए।‘हामीले सहमतिमै जोड दिएका छौं। अस्तिसम्म १३ जना अध्यक्षक...

काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित

काठमाडौं नगर प्रहरी प्रमुख राजु पाण्डे निलम्बित
काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ।मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरी नगर प्रहरी उपरीक्षक विष्णु जोशीलाई ६ महिनाका लागि नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएका हुन्। चित्तबुझ्दो जबाफ नआएपछि निलम्बन गरिएको हो, उनले भने, नयाँ जिम्मेवारी विष्णु जोशीलाई दिइएको छ।चैत २१ गते आफू कार्यालय जाँदा हुलहुज्जत गरेको भन्दै गुरागाईंले जेठ ६ गते पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। गत सोमबार पाण्डेले आफूले आफ्...

सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्

सांसदहरूलाई ओलीको निर्देशन- संसद् अवरोध हुँदैन, तयारी भएर बस्नुस्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद् अवरोध नहुने बताएका छन् । संसदीय दलको बैठकमा बोल्दै ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने बताएका हुन् । ‘यसरी चल्दैन । तपाईँहरू तयारी भएर बस्नुहोस् । उहाँहरू (विपक्षी) कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ’, ओलीले भने । संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजेपनि सम्भव नभएको ओलीले बताए । ‘धेरैतिरबाट खोजी गर्दा पनि उहाँ फेला पर्नुभएको छैन । उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा ह...

काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता
काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको छ ।आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले जेठ १९ गतेलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो । समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्...