×

मध्य नेपाल

हितेन्द्रदेवले पाए कार्यकारी निर्देशकको नियुक्ति पत्र, आजै पदभार ग्रहण गर्ने

हितेन्द्रदेवले पाए कार्यकारी निर्देशकको नियुक्ति पत्र, आजै पदभार ग्रहण गर्ने
  काठमाडौं- नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्तिपत्र पाएका छन् ।कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर आएपछि उनले नियुक्तिपत्र पाएको ऊर्जा मन्त्रालय स्रोतले जानकारी दिएको छ। मन्त्रिपरिषद्को निर्णय मुख्य सचिवले प्रमाणित गरेर मन्त्रालयमा पठाएपछि त्यो कार्यान्वयनमा जान्छ । शाक्यले नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर आजै पदभार ग्रहण गर...

बालेनले मदिराको तालमा धम्की दिएको युवा संघको आरोप, कानूनी कठघरामा उभ्याउन माग

बालेनले मदिराको तालमा धम्की दिएको युवा संघको आरोप, कानूनी कठघरामा उभ्याउन माग
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको काठमाडौं महानगर कमिटीले महानगरका मेयर बालेन्द्र साह बालेनले सोमबार राति मदिरा सेवन गरेर आपत्तिजनक स्टाटस लेखेको भन्दै अनुसन्धानको दायरामा ल्याउन माग गरेको छ । कहिले सिंहदरबारमा आगो लगाउँछु त कहिले टुकुचामा गाड्छु जस्ता आपत्तिजनक अभिव्यक्ति दिने मयर बालेनलाई कानूनी कठघरामा उभ्याउन सरोकारवाला निकायसँग संघले विज्ञप्तिमार्फत माग गरेको छ । अध्यक्ष दिपेश सुधाकारले एक विज्ञप्ति जारी गर्दै बालेनले लेखेको स्टाटस ‘‘टुकुचामा गा...

जनकपुरका पत्रकार वृजकुमार यादवसहित ३ जनामाथि भ्रष्टाचार मुद्दा

जनकपुरका पत्रकार वृजकुमार यादवसहित ३ जनामाथि भ्रष्टाचार मुद्दा
  काठमाडौं । बोलपत्रको सूचना लुकाई भ्रष्टाचार गरेको आरोपमा जनकपुरका पत्रकार वृजकुमार यादव लगायत तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि बोलपत्रको सूचना लुकाएर भ्रष्टाचारमा सघाएको आरोप लगाएको हो । धनुषाको बटेश्वर गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी र लेखा अधिकृत सुमन कुमार पुरी विरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ ।पत्रकार यादवमाथि विज्ञापन नै प्रकाशित नगरी ६ लाख ४४ हजार रुपैंयाको फर्जी बिल तय...

घोराहीको प्लाइ उद्योगमा रातिदेखि भीषण आगलागी

घोराहीको प्लाइ उद्योगमा रातिदेखि भीषण आगलागी
  घोराही । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । आज बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको उनले बताए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउन खटिएका छन् ।आगलागी भएको क्षेत्र नजिकै बस्ती र...

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय सभाको बैठक आइतबार बस्ने भएको छ ।बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो सवा १२ बजे बस्ने संघीय संसद सचिवालयले जनाएको छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रस्तुत गरेको “प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथि छलफल हुने छ। त्यस्तै, भूमि ...

को बन्ला नेपाल प्रहरीको नयाँ आईजीपी ?

को बन्ला नेपाल प्रहरीको नयाँ आईजीपी ?
काठमाडौं -  नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर सोमबारदेखि अवकाशमा जाँदै छन्। उनीसहित ५ एआईजी र ३ डीआईजी पनि अवकाशमा जान लागेका हुन्। प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको कारण आईजीपीसहित अन्य ९ प्रहरी अधिकारी सेवानिवृत्त हुन लागेका हुन्। हालका आईजीपी अवकाशमा जाँदै गर्दा ३१औं आईजीपी को बन्ला भन्ने चासो देखिएको छ। नयाँ आईजीपीका लागि तीन जना एआईजीहरू प्रतिस्पर्धामा छन्। एआईजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी आईजीपीको दाबेदार हुन्। २०७९ चैत १० गते नेपाल प्रहरीको न...

प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता बम रिहा

प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता बम रिहा
  हेटौंडा- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् । चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । उनलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको हो । रिहाइलगत्तै बमलाई हेटौंडा–२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ । पक्राउ परेका कालिकोटका बम राप्रपाको भ्रातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संघका महासचिव समेत हुन् । उनलाई भरतपुर विमानस्थलबाट प्रहरी...

चितवनमा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु

चितवनमा भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु
चितवन- भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणा सुरु गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट पुर्जा वितरणा सुरु गरेको हो । आयोग बनेपछि पहिलोपटक पुर्जा वितरण गरिएको जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले रत्ननगर नगरपनलिकाका १२३ घरपरिवारलाई पुर्जा वितरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा उहाँले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताउनुभयो । अहिले...

नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति

नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
काठमाडौं । नागार्जुन नगरपालिका–७ स्युचारस्थित हसनटार र गौतम गाउँको सिमानामा पर्ने एक टहोरोमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।आगलागीबाट लत्ताकपडा लगायत घरायसी समानहरु र टहरा जल्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । शनिबार राति ९ः४० बजे कृष्णहरि श्रेष्ठको परिवार बस्दै आएको एक तले कच्ची लामो टहरामा आगलागी भएको थियो ।आगलागीको खबर पाउनासाथ प्रहरी वृत्त कालिमाटीबाट डीएसपी रुपेश खड्काको कमाण...