चितवनमा थप १७ जनामा कोरोना पुष्टि
चितवन ९ भाद्र । चितवनमा थप १७ जनामा कोरोना पुष्टि भएको छ ।भरतपुरमा गएराति गरिएको परीक्षणमा चितवनका १५, मकवानपुरका एक र गैँडाकोटका एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।
भरतपुर महानगरपालिकाका ७ जना महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । श्री पुष्पाञ्जली हस्पिटलमा उपचार गराइरहेका भरतपुर महनानगरपालिका वडा नम्बर ३ का ५१ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ भने बाँकि ६ जनाले पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक ...



























