चितवनमा स्कुल भित्रै जुवा खेल्ने हेडमास्टर सहित ११ जना पक्राउ
चितवन । चितवन प्रहरीले स्कुल भित्रै जुवा खेल्ने ११ जनालाई पक्राउ गरेको छ । पूर्वीचितवनको खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा जुवा खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई बिहीबार दिउँसो १ बजे पक्राउ गरि प्रहरीले आज विवरण सार्वजनिक गरेको हो ।
इलाका प्रहरी कार्यालय खैरहनीको टोलीले जुवाडेहरुको साथबाट ४५ हजार ६४० रुपैयाँ समेत बरामद गरेको छ । उनीहरुको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकार...



























