बुुटवल । रुपन्देहीको बुटवलमा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको गएराति मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका वडा नं १ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी जानकारी दिनुुभयो ।
भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको डा. थापाले बताउनुभयो ।