×

मध्य नेपाल

चितवनमा  ट्रिपर र भ्यान ठोक्किँदा आमा छाेराकाे  मृत्यु

चितवनमा  ट्रिपर र भ्यान ठोक्किँदा आमा छाेराकाे  मृत्यु
चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रिपर र मारुती भ्यान एकआपसमा ठोक्किंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा ११ च ५७८८ नम्बरको मारुती भ्यान र नारायणगढबाट मुग्लिनतर्फ जाँदा गरेको गइरहेको लु २ ख १७०१ नम्बरको ट्रिपर भरतपुर महानगरपालिका वडा नं। २९ मा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो । मृत्यु हुनेमा धादिङ जिल्लाको गल्छी गाउँपालिका वडा नम्बर १ निवासी ३६ वर्षिया निशा ढुङ्गाना र उनको ९ वर्षिय छोरा निमेश ...

गठबन्धन सरकारकाे उपहार : पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च

गठबन्धन सरकारकाे उपहार : पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च
काठमाण्डौ – नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ । डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको हो । २०७० साल फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यस्तै मूल्य समायोजन गर्दा ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ यथावत् राखिएको छ । यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा इ...

बुधवार सार्वजनिक विदा दिने सरकारकाे निर्णय

बुधवार सार्वजनिक विदा दिने सरकारकाे निर्णय
काठमाडौं । सरकारले सोनाम ल्होसारको अवसरमा बुधबार भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै बुधबार सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।गृह मन्त्रालयका अनुसार माघ १९ गते बुधबार देशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको छ ।

पत्रकार सापकाेटाद्धारा पुरस्कारको रकमले बालबालिकालाई सहयोग

पत्रकार सापकाेटाद्धारा पुरस्कारको रकमले बालबालिकालाई सहयोग
माडी । माडी नगरपालिका वडा नं ९ हनुमानझुला, भालु खोला, श्रीदमार र गोवन्दबस्तीका विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुका लागि शनिबार कापी सहयोग गरिएको छ ।सञ्चारकर्मी नारायण सापकोटाले प्रेस चौतारी नेपाल चितवन शाखाको सातौं जिल्ला अधिवेशनका अवसरमा स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कारबाट प्राप्त पुरस्कारको रकमबाट विपन्न परिवारका विद्यार्थीहरुलाई कापी सहयोग गरिएको हो । कापी हस्तान्तरण गर्दै ‌माडी नगरपालिकाकी उपमेयर ताराकाजी महतोले विपन्न परिवारका विद्यार्थीहरुका ला...

रत्ननगरका विपन्न किसानलाई अनुदानमा गाई

रत्ननगरका विपन्न किसानलाई अनुदानमा गाई
रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले आर्थिक अबस्था कमजोर रहेका पशुपालक किसानहरुलाई अनुदानमा गाई वितरण गरेको छ । पशुपालन मार्फत गरिबी न्यूनीकरण गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा गाई वितरण गरिएको हो । विहीबार नगरपालिकामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नगरपालिकाले विपन्न किसानहरुको पहिचान गरी दुहुना गाई वितरण गरेको हो । किसानलाई गाई वितरणको लागि सो नगरपालिकाको नवौं नगर सभाले एक करोड रुपैया विनियोजन गरेको थियो । नगरपालिकाको एक करोड र किसानको एक करोड गरी दुई करोडको ल...

चितवनमा १७ हजार सवारी कारवाहीबाट डेढ करोडभन्दा बढी राजस्व संकलन

चितवनमा १७ हजार सवारी कारवाहीबाट डेढ करोडभन्दा बढी राजस्व संकलन
चितवन । ट्राफिक प्रहरी कार्यालय चितवनले आर्थिक वर्ष ०७८र७९ को ६ महीनामा डेढ करोडभन्दा बढी राजस्व संकलन गरेको छ ।कार्यालयका अनुसार चालू आवको साउनदेखि पुस मसान्तसम्ममा १ करोड ५५ लाख ७९ हजार ५०० राजस्व संकलन गरेको हो । सो अवधिमा कुल १७ हजार १०९ ओटा सवारीसाधन कारवाहीमा परेका थिए । कारवाही गरिएका सवारीमध्ये सबैभन्दा बढी मोटरसाइकल र सबैभन्दा कम ट्रयाक्टरबाट राजस्व संकलन भएको छ । जस अनुसार सो अवधिमा ४ हजार ७१५ मोटरसाइकल कारबाहीबाट ३९ लाख ४२ हजार ५०० रुपैयाँ र ८१२ ओटा ट्रयाक्टर का...

गठबन्धन भत्काउदै प्रदेश १ मा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा विजयी

गठबन्धन भत्काउदै प्रदेश १ मा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा विजयी
विराटनगर ।गठबन्धनका उम्मेदवारलाई हराँउदै प्रदेश नं १ मा नेकपा एमालेका उम्मेद्वार सोनाम ग्याल्जेन शेर्पा राष्ट्रिय सभामा विजयी भएका छन्।अल्पसङ्ख्यक कोटाबाट उम्मेदवार बनेका उनले प्रदेशसभाका ४२ जना र १५२ जना स्थानीय तहका जनप्रतिनिधिको मत पाएका हुन्। ४ हजार ७ सय ५२ मतभार उनले प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४९ प्रदेशसभातर्फ र स्थानीय तहका ११३ जनाको मत प्राप्त गरे।जसपाका उनको कूल मतभार ४ हजार ३ सय ८६ मत भएको छ गठबन्धनतर्फ धेरै मत भए पनि जसपाका राईले कम मत पाउँदा एमाले उम्म...

भरतपुरमा नालीमा खसेर एक जनाको मृत्यु

भरतपुरमा नालीमा खसेर एक जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो । प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

गैँडाकोटमा लागुऔषध सहित २ जना पक्राउ

गैँडाकोटमा लागुऔषध सहित २ जना पक्राउ
सुस्मा न्यौपाने गैँडाकोट । नवलपुरको गैँडाकोटमा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका वडा नं. २ नारायणी पुल नजिकै राजमार्गमा प्रहरीले सवारीसाधन जाँच गर्ने क्रममा २ जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाण्डौ जादै गरेको लु १ ख ७८२३ नं. को बसमा जाँच गर्ने क्रममा शंका लागी सोही बसमा सवार तनहुँ सुक्ला गण्डकी नगरपालिका ५ बस्ने वर्ष २६ का सुजन शाही र तनहुँ सुक्ला गण्डकी नगरपालिका २ बस्ने २४ बर्षीया प्रविना रानामगर पक्राउ परेको नवलपुर प्रहरीले जनाएको छ । शा...