जनकपुरधाम ।  धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार सवैला नगरपालिका-१२ स्थित बरकुर्वामा भएको उक्त दुर्घटनामा चार जनाको मृत्यु भएको हो।दुर्घटनामा एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मृत्यु भएका चारै जना सवैला नगरपालिका वडा नम्बर २ का हुन्।

मृत्यु हुनेहरू सबै नाबालक हुन्। प्रहरीका अनुसार मृत्यु हुनेमा १२ वर्षीय लक्ष्मी यादव, मोटरसाइकल चालक १५ वर्षीय राहुल यादव, १४ वर्षीय सुमित यादव र १२ वर्षीय बौका यादव छन्।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार दुर्घटनामा सोही वडाका १९ वर्षीय सुरेन्द्र यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

सोमबार राति सवा ८ बजे दुर्घटना भएको जानकारीपछि पाँचै जनालाई गम्भीर अवस्थामा अस्पतालमा ल्याइएकोमा चार जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।एउटा मोटरसाइकलमा बढी यात्रु सवार भएको र तीव्र गतिका कारण अनियन्त्रित भई मोटरसाइकल दुर्घटना भएको प्रहरीको अनुमान छ।

 

तपाईको प्रतिक्रिया