नवलपुरमा प्रहरीद्धारा ८१ बोरा मल बरामद
गैँडाकोट । पूर्वि नवलपरासीमा ठुलो परिमाणमा अवैध मल बरामद गरेको छ । जिल्लाको रजहर र दाउन्नेबाट ८१ बोरा मल बरामद भएको प्रहरी स्रोतले उज्यालो खबरलाई जानकारी दियो ।यात्रुबाहक बसमा ल्याउदै गरेको अवस्थामा मल बरामद गरिएको हो ।
ईलाका प्रहरी कार्यालय रजहरका प्रहरी निरिक्षक भिमसेन घिमिरे नेतृत्वको टोलीले ५१ बोरा र ईलाका प्रहरी कार्यालय दुम्कीबासको टोलीले ३० बोरा मल बरामद गरेको हो ।भन्सार छलेर नेपाल ल्याइएको आशंकामा प्रहरीको टोली विशेष सूचना मार्फत मल बरामद गरेको हो ।
