×

मध्य नेपाल

चितवन र तनहुँ जोड्ने घुमाउनेमा पुलः चारवर्षमा एकतिहाइ काम

चितवन र तनहुँ जोड्ने घुमाउनेमा पुलः चारवर्षमा एकतिहाइ काम
तनहुँ ।  तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउने पुल निर्माणमा ढिलाइ भएको छ । आँबुखैरेनी गाउँपालिका–५ घुमाउनेमा निर्माण भइरहेको पुलको काम सुस्तगतिमा अगाडि बढेको हो । विसं २०७५ माघमा निर्माणका लागि सम्झौता गरेकामा हालसम्म ३० प्रतिशतमात्रै काम सकिएको छ । त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसकेको आँबुखैरेनी गाउँपालिकाका अध्यक...

आज मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने

आज मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने
काठमाडौँ । सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकले मन्त्रालय बाँडफाँड टुङ्ग्याएको हो। सहमति अनुसार गठबन्धनको सबैभन्दा ठुलो दल एमालेले ७ वटा मन्त्रालय पाउने भएको भने माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ वटा मन्त्री र एक राज्यमन्त्री पाएको छ । यस्तै राप्रपाले ३ मन्त्री र एक राज्यमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने जनमत पार्टीले एक मन्त्री पाउने सहम...

आज यती एयरलाइन्सका नियमित उडान नहुने

आज यती एयरलाइन्सका नियमित उडान नहुने
काठमाडौं ।  यती एयरलाइन्सले आज नियमित उडान नभर्ने भएको छ । आइतबार पोखरामा एटिआर-७२ जहाज दुर्घटनामा परेपछि यतीले आज हुने भनिएका सबै उडान रद्द गर्ने निर्णय गरेको हो । नियमित उडान रद्द गरिए पनि आपतकालीन र उद्दारका उडान भने हुने एयरलाइन्सले जनाएको छ। पोखरामा भएको दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु सवार थिए । सरकारले आज शोक विदा दिएको छ ।

आजदेखि नारायणीमा पानीजहाज चल्ने

आजदेखि नारायणीमा पानीजहाज चल्ने
चितवन। लामो समयदेखि निर्माण भएर पनि संचालनमा आउन नसकेको मिनीपानी जहाज ( क्रुजसिप )  आजदेखि संचलनमा आउने भएको छ । फागुनमै संचालनगर्नै भनिएपनि प्राविधिक समस्याका कारण संचालनमा आउन सकेको थिएन । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले आजदेखि नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायीक रुपमा सञ्चालन गर्न शुल्क समेत निर्धारण भैसकेको छ । भरतपुर–१६ ज्ञानेश्वर सामुदायिक वन स्थित काभ्रेघाटमा क्रुजसिपको स्टेसन रहेको छ । ब्रेक...

दमकमा आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति

दमकमा आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति
झापा । झापाको दमकमा आगलागी भएको छ।आइतबार बिहान करिब साढे तीन बजे दमक नगरपालिका वडा नम्बर ६ नमुना मार्गसँग जोडिएका पसलमा आगलागी भएको हो।राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगोले सँगै जोडिएका अन्य पाँच वटा पसलमा क्षति गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अहिले बिहान पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ।दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाकाका बारूण यन्त्र, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन्। श्रेष्ठको जुत्ताचप्पल पसलमा विद्यु सर्ट भई आगलागी ह...

माओवादी नेता वर्षमान अस्वस्थ, रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं ल्याइयो

माओवादी नेता वर्षमान अस्वस्थ, रोल्पाबाट हेलिकोप्टरमा काठमाडौं ल्याइयो
काठमाडौं ।  नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अस्वस्थ भएका छन् । माघी मनाउन उनी गृह जिल्ला रोल्पा गएका थिए । रोल्पामै रहँदा अस्वस्थ भएपछि उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ । हेलिकोप्टरबाट उनलाई काठमाडौं ल्याएर सुमेरू अस्पतालमा भर्ना गरिएको छ । उनलाई पुरानै जण्डिसको समस्या देखिएको हो । पुनले केही समय पहिला मात्र चीनमा उपचार गराएका थिए । त्यसअघि पनि उनी उपचारका लागि लामो समय चीनमा बसेका थिए ।

 शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने

 शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने
चितवन । भोली शनिबार र आइतबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी नरोकिने भएको छ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको सो सडकखण्डमा माघे सङ्क्रान्तिका लागि सवारी नरोकिने भएको हो । माघे सङ्क्रान्ति मेला भर्न पवित्र तीर्थस्थल देवघाटमा भक्तजन टाढाटाढाबाट समेत आउने भएकाले सडक पूर्णरुपमा सञ्चालन गर्न लागिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँ...

जङ्गली हात्ती गोविन्देले एक वृद्धाको ज्यान लिएपछि मात नियन्त्रण गर्ने औषधि दिइयो

जङ्गली हात्ती गोविन्देले एक वृद्धाको ज्यान लिएपछि मात नियन्त्रण गर्ने औषधि दिइयो
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ । मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो । निकुञ्जबाट बाहिर निस्कि...

दुई सय जनाको स्वास्थ्य परीक्षण

दुई सय जनाको स्वास्थ्य परीक्षण
चितवन। चितवन महोत्सव स्थलमा आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सय जनाको स्वास्थ्य परीक्षण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन र एनपिएल समाज कल्याण संस्थासँगको सहकार्यमा महोत्सव अवलोकनका लागि आउने व्यक्तिको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । उद्योग वाणिज्य संघ चितवनका कार्यसमिति सदस्य एवं स्वास्थ्य समिति संयोजक धनप्रसाद पोखरेलकाअनुसार स्वास्थ्य शिविरमा सुगर एवं रक्तचापको परीक्षण गरिएको थियो । त्यसैगरी, स्वास्थ्य शिविरबाट जुकाको औषधि, टाउको दुखेको औषधि तथा सिटामोल उपलब...