×

मध्य नेपाल

गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै

गैँडाकोट नगरपालिकाले पाँचवटा ऐन ल्याउँदै
नवलपुर । नवलपरासी(बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले हिउँदे नगर सभामार्फत विभिन्न पाँच वटा ऐन ल्याउँदैछ । आगामी माघ १७ गते सञ्चालन हुने चालु आर्थिक वर्ष २०७९/८० को हिउँदे नगरसभामा नगरप्रमुख मदनभक्त अधिकारीले पाँच वटा ऐन पेश गर्ने बताइएको छ । मङ्गलबार बस्ने १२औँ नगरसभामामा ऐनसहित अर्धवार्षिक समीक्षा र विविध कार्यसूची पेस गर्ने कार्यक्रम तयार भएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए । नगरसभामा नगरप्रमुख अधिकारीले गैँडाकोट नगरपालिकाको नगर खेलकुद...

अमेरिकामा रहेका नेपाली चिकित्सकले देवघाटमा बनाए स्वास्थ केन्द्र

अमेरिकामा रहेका नेपाली चिकित्सकले देवघाटमा बनाए स्वास्थ केन्द्र
चितवन  । अमेरिकामा रहेका नेपाली चिकित्सकले पवित्र तीर्थस्थल देवघाटमा स्वास्थ्य केन्द्र बनाएका छन् । एशोसिएशन अफ नेपाली फिजिसियन इन अमेरिका (एन्पा) को आर्थिक सहयोग र गुणनिधि खनाल मेमोरियल ट्रष्टको समन्वयमा केन्द्र निर्माण गरिएको हो । भरतपुर महानगरपालिका–१ देवघाटमा यहाँका ज्येष्ठ नागरिकलाई लक्षित गरी देवघाट सु–स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । जलेश्वर आश्रमले उपलब्ध गराएको एक कठ्ठा जग्गामा रु ७० लाख लागतमा भवन निर्माण गरिएको छ । विसं २०७८ कात्तिक २९ गते शिलान्यास गरी निर...

प्रेमप्रसादको आत्मदाहबारे छानबिन गर्न गृहले बनायो समिति

प्रेमप्रसादको आत्मदाहबारे छानबिन गर्न गृहले बनायो समिति
काठमाडौं । आत्मदाहको प्रयास गरि उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।गृह मन्त्रायका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । अर्थमन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरिक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक सदस्य रहने गरि समिति गठन भएको ...

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसहित गण्डकीमा वर्षा र हिमपात

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीसहित गण्डकीमा वर्षा र हिमपात
काठमाण्डौ ।  सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपात भइरहेको छ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण अस्ति रातिदेखि यी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको हो । यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । वर्षा भइरहेका ठाउँमध्ये बाजुरामा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् श्रेष्...

महाशिला गाउँपालिकामा आवासीय विद्यालयको शुभारम्भ

महाशिला गाउँपालिकामा आवासीय विद्यालयको शुभारम्भ
पर्वत ।  महाशिला गाउँपालिका, पर्वतले सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि निशुल्क रुपमा आवासीय विद्यालय सञ्चालन गरेको छ । महाशिला गाउँपालिकाको आवासीय विद्यालय सञ्चालन तथा व्यवस्थापन कार्यविधि-२०७९, बमोजिम जारी भएको सूचनामा ७ वटा विद्यालयले आवासीय विद्यालयको प्रस्ताव पेश गरेकोमा माध्यिमक तहबाट श्री महेन्द्र ज्योति मावि।, लुंखु, श्री स्वधर्म मावि।, पाखापानी र निमावि तहमा श्री गोर्ल्याङधाम आवि, होश्राङग्दी छनोट भएका छन् । अभिभावकको जिन्सी तथा गाउँपालिकाको अन्य वित्ति...

शेखरलाई १५ औं महाधिवेशनको सभापति घोषणा गर्न माग

शेखरलाई १५ औं महाधिवेशनको सभापति घोषणा गर्न माग
काठमाडौं । महाधिवेशन आउन तीन वर्ष बाँकी छँदै कांग्रेसको शेखर कोइराला–गगन थापा समूहभित्र आगामी नेतृत्वलाई लिएर फरक–फरक मतहरु प्रकट भएका छन् ।संसदीय दलको चुनावमा सोचेजति मत नआएको विश्लेषण हुँदै गर्दा यो समूहभित्र एकत्व हुन नसकेको भन्दै नेताहरुले चिन्ता प्रकट गरेका छन् ।केही नेताहरुले आफ्नो समूहको साझा नेता को हो भन्नेमा अलमल देखिँदा पार्टीभित्रको संघर्षमा सोचेजस्तो सबल प्रस्तुति हुन नसकिरहेको विश्लेषण गरेका छन् । संसदीय दलको उम्मेदवार चयन, प्राप्त मत, सरकारलाई विश्वासको मत प...

उपसभामुखको निर्वाचन आज : राना र यादव प्रतिस्पर्धा गर्दै

उपसभामुखको निर्वाचन आज : राना र यादव प्रतिस्पर्धा गर्दै
काठमाडौँ । उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर र नेपाली कांग्रेसकी मुक्ता कुमारी यादवले मनोनयन दर्ता गराएका छन्। उपसभामुख चयनका लागि शनिबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ। शुक्रबार अपराह्न चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको थियो । संघीय संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको प्रस्तावक सोवित...

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुईवटा गैंडा

चितवन राष्ट्रिय निकुञ्जमा तस्करले मारे दुईवटा गैंडा
गैँडाकाेट । नवलपुरको मध्यविन्दुमा २ वटा गैँडा मृत अवस्थामा भेटिएका छन् । चितवन राष्टिय निकुञ्जको अमलटारी सेक्टर अन्र्तगत भुताह पोष्ट नजिकै अन्दाजी ४ वर्षको भाले गैडा र १४ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्टिय निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार नारायणी नदीको उत्तरी किनार स्थित नदीको बगर क्षेत्रमा गैँडा मृत अवस्थामा भेटिएका हुन् ।स्थानीयको सूचनाको आधारमा निकुञ्जले दुवै गैँडा एकै स्थानमा एउटै समयमा फेला पारेको हो । वि...

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

देशभर नै नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध
काठमाडौं । देशभर नै नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ । कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन मंगलबार मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो । उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ । टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।