७ वर्षमा पनि बनेन भरतपुर बाइपास सडक, खाल्टाखुल्टीले दुर्घटनाको जोखिम
चितवन । १५ महिनामा सक्नुपर्ने भरतपुर बाइपास सडकको बसपार्क चोक–विशाल चोक खण्डको काम ७ वर्षमा पनि बन्न सकेको छैन । ठेकेदारले दैनिक ५७ हजार रुपैयाँ हर्जना तिरेको ८ महिना भइसक्दा पनि अझै काम सकिएको छैन । सडकमा पिच गरेर सक्न नपाउँदै खाल्टाखुल्टी पर्न थालेको छ । खाल्टाखुल्टीले दुर्घटनाको जोखिम बढाएको छ ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बसपार्क चोक–विशाल चोक खण्डमा मर्मत सम्भारको काम बाँकी रहेको बताए । ठेकेदारले दैनिक हर्जना तिरेर काम गरिरहेका उनले बता...


