×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा पोखरीमा डुवेर आज साँझ दुइ बालकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं। ३ तात्रीबास नजिकै सिचाँइका लागि बनाइएको पोखरीमा डुवेर २ बालकको ज्यान गएको हो ।

मृत्युहुनेमा गैँडाकोट ४ झपर्दी  घर भएका १३ वर्षका प्रतिक परियार र १५ वर्षका  प्रविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । उनिहरु स्थानीय ज्ञानकुन्ज स्कूलका कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरु हुन् । गर्मीछल्नका लागि पौडी खेल्न गएका बालकहरु अचानक पोखरीमा डुवेका हुन् ।

दुवैजनाको शव पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ । नवलपुर आसपासमा अत्याधिक गर्मी बढेपछि खोला तथा नदीहरुमा पौडी खेल्नजाँदा दुर्घटनाहुने क्रम बढेर गएको छ ।

तपाईको प्रतिक्रिया