चितवनको बाँदरझुलाका २२० घरधुरीलाई नेपाल लिटिल फ्लावर सोसाईटीद्धारा खाद्यान्न बितरण
चितवन । सामाजिक संस्था नेपाल लिटिल फ्लावर सोसाईटीले माडी नगरपालिका वडा नम्बर ९ स्थित बांँदरझुलाका विपन्न तथा चेपाङ्ग समुदायका २२० घरधुरीलाई खाद्यान्न वितरण गरेको छ । ती समुदायको दैनिक जीवन सहज होस भन्ने हेतुले आज सोसाईटीले शान्ति मेड नेपालको सहयोगमा खाद्यान्न वितरण गरेको हो ।
आज हरेक घरधुरीलाई १ बोरा चामल, र ३ केजी दाल वितरण गरेको लिटिल फ्लावर स्कुल सेहरी नवलपरासीका प्राचार्य फादर रोवी क्युले जानकारी दिनुभयो । यसको साथै ती विपन्न परिवारका १७५ विद्यार्थीलाई पोषण वितरण गरिएक...
