×

मध्य नेपाल

नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्यो,सडक अबरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डमा सुख्खा पहिरो खस्यो,सडक अबरुद्ध
चितवन । पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । आज दिउँसो २ बजे सडकखण्ड अन्तर्गत इच्छाकामना गाँउपालिका ६ स्थित नाम्सी पुलमा सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको हो । पहिरो खसेपछि गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

नवलपुरमा मामाघर आएका बालकको खोलामा डुवेर मृत्यु

नवलपुरमा मामाघर आएका बालकको खोलामा डुवेर मृत्यु
गैँडाकोट । नवलपुरमा पौडी खेल्ने क्रममा खोलामा डुवेर एक बालकको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ४ राइसमिल घर भएका ११ वर्षीय सुगम थापाको मध्यविन्दुको गिरुवारी खोलामा पौडी खेल्ने क्रममा ज्यान गएको हो । मध्यविन्दु नगरपालिका वडा नं. ८ भाग्रा स्थित मामाघरको हजुरआमाको तेह्रोदिनको पून्यतिथीमा सहभागि हुन आमा लक्ष्मी थापाको साथमा आएका बालक सुगमको साथीहरुसँग पौडी खेल्न जाँदा खोलामा डुबेर मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । आज विहान साढे सातबजे खोलामा डुवे...

अक्सफोर्ड कलेजको कार्यक्रममा रवि लामिछानेले भने : कलेजहरुमा भातृ संगठन हुनुहुँदैन

अक्सफोर्ड कलेजको कार्यक्रममा रवि लामिछानेले भने : कलेजहरुमा भातृ संगठन हुनुहुँदैन
गैंडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कलेजहरुमा रास्वपाले कुनै पनि भातृ संगठन नबनाउने बताउनुभएको छ । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैंडाकोटले आयोजना गरेको विद्यार्थीसँग सांसद कार्यक्रममा विद्यार्थीले सोधेको प्रश्नको जवाफ दिदै लामछिानेले रास्वपाले कुनै पनि भातृ संगठन नबनाउने र भएको भातृ संगठन हटाउनका लागि पनि लविङ गर्ने बताउनुभयो । नेपालको शिक्षा नीति परिर्वतन गर्न आवश्यक रहेको बताउदै उहाँले त्यसका लागि आफुहरुले पहल गर्ने प्रतिवद्ध...

चितवनको रत्ननगरबाट ३३ तोला सुन र २ लाख ५० हजार चोरी

चितवनको रत्ननगरबाट ३३ तोला सुन र २ लाख ५० हजार चोरी
चितवन । चितवनको रत्ननगर नगरपालिका बाट ३३ तोला ५० लाल सुन र २ लाख ५० हजार रुपैंया नगद चोरी भएको छ । आज दिउसो १२ः४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३ वर्षिय गोपाल ओझाको घरबाट सुन र नगद चोरी भएको हो । घटनापश्चात टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनमा पछिल्लो समय चोरीका घटना बढेका छन् ।

पुलचोक–गोन्द्राङ सडकको काम ८५ प्रतिशत सकियो

पुलचोक–गोन्द्राङ सडकको काम ८५ प्रतिशत सकियो
चितवन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ छ लेन सडक विस्तारको काम ८५ प्रतिशत सकिएको छ । ६.०८ किमी लामो यो सडक खण्ड विस्तारको १५ प्रतिशत मात्रै काम बाँकी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ । आगामी मंसिरभित्र निर्माण सम्पन्न हुने गरी सडक विस्तारको काम भईरहेको सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यस सडकको शिलान्यास गरेका थिए । सडक विस्तारको जिम्मा इन्डो सगुन जेभी...

साइनिङ माध्यामिक विद्यालयद्धारा अभिभावकहरुका लागि अभिमुखीकरण

साइनिङ माध्यामिक विद्यालयद्धारा अभिभावकहरुका लागि अभिमुखीकरण
गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको साइनिङ माध्यामिक विद्यालयले अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोट ५ स्थित विद्यालयको आफ्नै सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रममा २५० भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुको सिकाईमा सहजीकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य इन्दिरा दवाडीले अभिमूखिकरण कार्यक्रमले अभिभावक र विद्यालयविच रहने दुरी समेत कम हुने र सिकाइका नयाँ नयाँ माध्यमका बारेमा ...

पाँचथरको बाढीमा ५ जना बेपत्ता, ५ वटा पुल बगे

पाँचथरको बाढीमा ५ जना बेपत्ता, ५ वटा पुल बगे
काठमाडौं । पाँचथरमा हेवा खोलामा आएको बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् ।शनिबार राति हेवा खोलामा आएको बाढीमा परी पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले जानकारी दिए । बेपत्ता हुनेहरूमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना रहेका छन् ।यस्तै, फालेलुङ-३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको ...

ताप्लेजुङमा पहिरो : एकै परिवारका ३ सहित ४ जना बेपत्ता

ताप्लेजुङमा पहिरो : एकै परिवारका ३ सहित ४ जना बेपत्ता
काठमाडौं । ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् ।गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।गएराति ताप्लेजुङमा भारी वषर भएको थियो । बाढीले दोभान, ढुंगे साँघु लगायतका क्ष...

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं ।  मनसुनको प्रभाव हाल देशको पूर्वी तथा मध्य भू-भागमा छ।बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेश देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।अहिले संखुव...