नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज
ललितपुर - नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठक मंगलबार बस्ने भएको छ।कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे बी.पी. स्मृति भवन स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। उक्त बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन आग्रह गरिएको छ।
कांग्रेस नेताहरूका अनुसार बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल केन्द्रित रहनेछ। यसअघि बसेको केन्द्रीय समिति बैठकले अब पार्टीलाई नियमित महाधिवेशनतर्फ केन्...


