×

मध्य नेपाल

ढोरपाटनमा भारी हिमपात

ढोरपाटनमा भारी हिमपात
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको हो । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ । हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर विकले जानकारी दिए । हिमपातले गर्दा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको स्थानीय विकले बताए । केही दिन अगाडिदेखि सामान्य वर्षा भएको उनको भनाइ छ । अहिले पनि ...

कानुनविपरीत कर अस्वीकार्य : आशिका तामाङ को स्थानीय तहलाई चेतावनी

कानुनविपरीत कर अस्वीकार्य : आशिका तामाङ को स्थानीय तहलाई चेतावनी
धादिङ — आशिका तामाङ ले धादिङ जिल्लाका १३ स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूले संयुक्त रूपमा सार्वजनिक गरेको धारणा प्रति असहमति जनाउँदै संविधान र कानुनी प्रावधान विपरीतका गतिविधि रोक्न आग्रह गरेकी छन्। सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै सांसद तामाङले स्थानीय तहबाट लिइँदै आएको सडकसम्बन्धी करबारे आफ्नो स्पष्ट अडान दोहोर्‍याएकी हुन्। ‘समन्वय र सहकार्य’ को नाममा संघीय कानुन, वातावरणीय मापदण्ड तथा अदालतका आदेश उल्लङ्घन गर्न नमिल्ने कुरा संविधानले स्पष्ट रूपमा न...

नारायणघाट–बुटवल सडकमा ३ रात सवारी बन्द

नारायणघाट–बुटवल सडकमा ३ रात सवारी बन्द
काठमाडौं । नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गतको दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा आजदेखि लगातार तीन रात सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।पश्चिम खण्ड आयोजना कार्यालयले जारी गरेको सूचनाअनुसार चैत ६ गतेदेखि ८ गतेसम्म प्रत्येक राति ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। हालै परेको वर्षाका कारण सडक अत्यधिक चिप्लो बनेपछि सवारी साधन चिप्लिने, अड्किने तथा दुर्घटनाको जोखिम बढेको भन्दै यस्तो निर्णय गरिएको आयोजनाले जनाएको छ।आयोजना कार्यालयका अनु...

कांग्रेस नेतृत्वमा संकट: गगन थापाले दिए राजीनामा

कांग्रेस नेतृत्वमा संकट: गगन थापाले दिए राजीनामा
नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन्।सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा बुझाएका हुन्। सभापतिज्यूले राजीनामा पत्र उपसभापतिज्यूलाई बुझाउनुभएको छ। केन्द्रीय समिति बैठक भोलिका लागि आह्वान भएको छ, त्यही उक्त राजीनामाबारे छलफल हुन्छ, कांग्रेसका एक पदाधिकारीले भने।सभापति थापाले राजीनामा दिएको पत्र पनि सार्वजनिक भएको छैन। शुक्रबारको क‍ेन्द्रीय समितिले स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा छलफल र निर्णय गर्नेछ। कांग्रेसले चुनावी ...

गैंडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

गैंडाकोटमा बसको ठक्करबाट स्कुटर चालकको  मृत्यु
नवलपरासी (पूर्व)- गैंडाकोट नगरपालिका वडा नं. १२ हर्कपुरस्थित पूर्व–पश्चिम राजमार्गमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दिल्लीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ७४६३ नम्बरको बसले बाटो क्रस गर्दै गरेको बा.प्र.०३-०४ प ६४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक गैंडाकोट–१३ निवासी करिब ५८ वर्षीय कृष्ण कंडेल गम्भीर घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेका कंडेललाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भए...

जनताको विश्वासलाई परिणाममा बदल्न उपसभापति अर्यालको आग्रह

जनताको विश्वासलाई परिणाममा बदल्न उपसभापति अर्यालको आग्रह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल ले नवनिर्वाचित सांसदहरूलाई जनताले दिएको “इतिहास लेख्ने अवसर”लाई सदुपयोग गर्न आग्रह गरेका छन् । मंगलबारबाट सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अवसरलाई सही रूपमा उपयोग गर्न नसके आफूलाई माफ गर्न कठिन हुने चेतावनी समेत दिए । अर्यालले देशमा अनुशासित समाज निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्दै सार्वजनिक सेवामा राजनीतिक पहुँच खोज्ने प्रवृत्तिको अन्त...

उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
उदयपुर । आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो । सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया ब...

रविरत्न चुडाल पक्राउ

रविरत्न चुडाल पक्राउ
काठमाडौं । रविरत्न चुडाल पक्राउ परेका छन् । उनलाई काठमाडौं बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कार्यालयका एसपी सन्तोष खड्काका अनुसार, चुडाल काठमाडौंबाट पक्राउ परेका हुन् । चुडालले सामाजिक सञ्जालमा निर्वाचनका सन्दर्भमा झापाका स्थानीयलाई लक्षित गर्दै अपशब्द बोलेका थिए ।

एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु

एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
पोखरा । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनलाई हृदयघात भएर पोखराको मणिपाल शिक्षण अस्पतालमा लगिएको थियो ।मनिपाल शिक्षण अस्पतालमा भर्ना गरिएका निधन भएको घटेको एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले पुष्टि गरे । अस्पताल स्रोतले पनि थापाको निधन भएको जानकारी दिएको छ । कास्की कमिटीले आज चुनावी समीक्षा बैठक डाकेको थियो र थापा बैठकमै ढलेका थिए । उनी २०५४ सालमा पोखराको मेयर निर्वाचित भएका थिए ।२०७४ सालमा उनी गण्डकी प्रदेश सभा सदस्य थिए भने २०७९ मा...